जनताबाट रकम उठाएर प्रदेश सरकारले ‘स्वास्थ्य कार्यक्रम’ ल्याउने !

जनताबाट रकम उठाएर प्रदेश सरकारले ‘स्वास्थ्य कार्यक्रम’ ल्याउने !

 विराटनगर : प्रदेश १ सरकारले कोरोना महामारीबाट थलिएका प्रदेशबासीबाटै रकम उठाएर स्वास्थ्य कार्यक्रम ल्याउने तयारी गरेको छ। 

प्रदेश १ की सामाजिक विकासमन्त्री उषाकला राईले विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ ल्याइने र यसका लागि न्युनतम १० रुपैयाँदेखि अधिकतम जति पनि कोषमा राख्नआग्रह गर्ने बताइन्।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा मंगलबार अधिकारकर्मीको सुझाव लिँदै सामाजीक विकासमन्त्री राईले भनिन् ‘विपन्नलाई निःशुल्क स्वास्थ्य सेवा दिनेगरी प्रदेशवासीबाट सहयोग संकलन गरेर उपचार कोष निर्माणको अवधारणा अघि सारिएका छौँ।’ 

सहयोग गर्न सक्नेले आफ्नो योगदान सजिलै हेर्न सकिने गरी सरकारले ‘एप्स’ निर्माण गर्ने मन्त्री राईले बताइन्।

कार्यक्रममा इन्सेक प्रदेश १ काप्रमुख सोमराज थापाले मानव अधिकार मैत्री नीति तथा कार्यक्रम ल्याउन सुझाव दिए। उनले महिला, बालबालिका, जेष्ठ नागरिक सम्बन्धीको ऐन निर्माणमा विशेष ध्यानदिन आग्रह गरे। उनले सामाजिक विकास परिषद् गठनमा जोड दिए।

कोकन अध्यक्ष मञ्जिता उपाध्यायले नीति तथा कार्यक्रममा सुझावसँगै कार्यान्वयनमा पनि ध्यान दिन आग्रह गरिन्। 

माइती नेपाल मोरङ संंयोजक विनोद पोखरेलले बलात्कार र मानव बेचविखनका घटना बढ्दै गएकोमा चिन्ता व्यक्त गरे। 

एवीसी नेपाल प्रदेश १ अध्यक्ष विष्णु शर्माले सामाजिक क्षेत्र सरकारसँग सहकार्य गरेर जान तयार रहेको बताए। उहाँले अधिकारकर्मीलाई तत्काल खोपको व्यवस्था गर्न माग गरे। अधिकारकर्मी डिक घिमिरेले विगत बर्षका राम्रा कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.