१३ वर्षीया बालिकामाथि दुई गुरुले गरे यौन दुर्व्यवहार

१३ वर्षीया बालिकामाथि दुई गुरुले गरे यौन दुर्व्यवहार

भक्तपुर: भक्तपुरको सूर्यविनायक नगरपालिका ७ गुण्डुकी एक १३ वर्षीया बालिकामाथि दुई गुरुले फरक फरक समयमा यौन दुर्व्यवहार गरेका छन् । एक जना बालिकालाई पढाउने स्कुलका शिक्षक हुन् भने अर्का तेक्वान्दो खेल सिकाउने गुरु ।

गुरु–चेलाको सम्बन्धलाई बिर्सेर ती दुई गुरुले ती बालिकामाथि यौन दुर्व्यवहार गरेपछि प्रहरीमा उजुरी परेको हो । एकजनाले गत मंसिर र अर्को गुरुले फागुनमा आफ्नै चेलीमाथि बाल यौन दुर्व्यवहार गरेको पीडित पक्षको भनाइ छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार बालिकामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा दुवै गुरुलाई नियन्त्रणमा लिइएको छ । परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले पीडित बालिकाकी आमाले दिएको किटानी जाहेरीको आधारमा शिक्षक हरिकृष्ण कोजू र तेक्वान्दो प्रशिक्षक चुलाई मुखियालाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

आमाले दिएको जाहेरीअनुसार सूर्यविनायक नपा ७ गुण्डु निवासी शिक्षक कोजूले गएको वर्षको मंसिर १६ गते आफ्नै घरमा ती बालिकामाथि यौन दुर्व्यवहार गरेका थिए । कोजूले भोज खान भनी बोलाएर बालिकाको संवेदनशील अंगमा समाती बालयौन दुरुपयोग गरेको जाहेरीमा उल्लेख गरिएको छ ।

त्यस्तै तेक्वान्दो प्रशिक्षक मुखियाले सोही बालिकालाई गत वर्षकै फागुन १ गते बाल यौन दुर्व्यवहार गरेको प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए । प्रशिक्षक मुखियाले उक्त दिन बिहान तेक्वान्दो खेल्न गएको अवस्थामा निज नाबालिकालाई सल्लाघारीस्थित एकान्त स्थानमा बोलाई 'तिमीलाई राम्रोसँग गेम सिकाइदिन्छु' भनी एक्लै पारी संवेदनशील अंगमा समाती बाल यौन दुर्व्यवहार गरेको भन्ने उजुरी परेको उनको भनाइ थियो ।

प्रशिक्षक मुखियाले भक्तपुर नगरपालिका १ सल्लाघारीस्थित नेपाल ट्रस्टको ९९ रोपनीमा तेक्वान्दो सिकाउँदै आएका छन् । बालिकाकी आमाले बुधबार महानगरीय प्रहरी वृत्त जगातीमा किटानी जाहेरी दिएको प्रहरी नायब उपरीक्षक गिरीले बताए । सोही जाहेरीको आधारमा गुरुद्वय कोजू र मुखियालाई महानगरीय प्रहरी वृत्त जगातीले नै नियन्त्रणमा लिएको हो । घटना सम्बन्धमा छुट्टाछुट्टै अनुसन्धान कार्य अघि बढाइएको भक्तपुर प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.