भारतीय मूलकी पत्रकार राजगोपालनलाई पुलित्जर पुरस्कार

भारतीय मूलकी पत्रकार राजगोपालनलाई पुलित्जर पुरस्कार

वासिङटन: विश्वकै प्रतिष्ठित मानिने पुलित्जर पुरस्कार भारतीय मूलकी अमेरिकी पत्रकार मेघा राजगोपालनले पाएकी छन् ।

हिरासत शिविरमा रहेका चिनियाँ मुस्लिम उइघुर र अन्य अल्पसंख्यक जातिहरुबारे 'बजफीड न्यूज'मा प्रकाशन गरेको खोजीमूलक समाचारका लागि उनले पुरस्कार जितेकी हुन् ।

पत्रकारिता क्षेत्रमा उत्कृष्ट कामका लागि अमेरिकाको न्यूयोर्कस्थित कोलम्बिया यूनिभर्सिटीबाट दिइने यस पुरस्कारको १०५ औँ संस्करण हो ।

गत वर्ष अफ्रिकन अमेरिकी नागरिक जर्ज फ्लोइडको हत्यामाथि गैर पत्रकार किशोरी डर्नेल्ला फ्राजीरले तयार पारेको डकुमेन्ट्रीका लागि पुलित्जर पुरस्कार प्रदान गरिएको थियो । फ्लोइडको हत्याको क्रममा डर्नेल्लाले आफ्नो स्मार्टफोनबाट खिचेको भिडियो फूटेज छोटो समयमै विश्वभर भाइरल बनेको थियो । उनको साहसी कामको प्रशंसा गर्दै गत वर्षको पुरस्कार घोषणा गरिएको थियो ।

राजगोपालन र उनका सहयोगीहरुले चिनियाँ हिरासतमा बसेर छुटेका दुई दर्जन मुस्लिम उइघुरको अन्तरवार्ता गर्दै स्याटलाइट इमेजरीको समेत प्रयोग गरेका थिए । पुरस्कार घोषणा भएपछि पत्रकार राजगोपालनले आफूले यस्तो अपेक्षा नगरेको भन्दै आश्चर्य प्रकट गरेकी छन् ।

पहिले चीनबाट रिपोर्टिङ गरेकी राजगोपालन आफ्नो स्टोरीका लागि त्यहाँबाट भागेर छिमेकी देश काजकस्तान पुगेकी थिइन् । त्यहाँ पुगेर उनले चीनको हिरासतबाट भागेका मुस्लिम अल्पसंख्यकहरुसँग अन्तर्वार्ता गरेकी थिइन् ।

आफ्नो रिपोर्टिङ अवधिभर राजगोपालनले चीन सरकारबाट उत्पीडन सहनु परेको बताइएको छ । चीनमा अल्पसंख्यकको मानव अधिकार उल्लंघन भएको घटनालाई स्टोरीको श्रृंखला नै प्रकाशन गरिएको छ । जसका आधारमा अमेरिका र अन्य पश्चिमा अधिकारीहरुले चीनको नरसंहारको रुपमा टिप्पणी गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.