जोकोभिच फाइनलमा

जोकोभिच फाइनलमा

पेरिस : साविक विजेता राफेल नाडललाई पराजित गर्दै सर्बियन स्टार नोभाक जोकोभिक फ्रेन्च ओपन टेनिसको फाइनलमा पुगेका छन् । शनिबार राति भएको प्रतिस्पर्धात्मक सेमिफाइनलमा स्पेनिस स्टार नाडाललाई स्तब्ध बनाउँदै जोकोभिचले फाइनलमा स्थान बनाएका हुन् । 

विश्व नम्बर एक जोकोभिचले नाडाललाई ३–६, ६–३, ७–६(७–४) ६–२ ले पराजित गरेका हुन् । विश्व नम्बर तीन नाडाल फ्रेन्च ओपनमा पराजित भएको यो तेस्रो पटक हो । कीर्तिमानी १३ पटकको फ्रेन्च ओपन विजेता नाडल यसअघि सन् २००९ मा रोविन सोडरलिङ र २०१५ मा जोकोभिचसँग पराजित भएका थिए । नाडललाई फ्रेन्च ओपनमा दुई पटक हराउने जोकोभिच पहिलो खेलाडीसमेत बनेका छन् । 

यस हारसँगै नाडलको कीर्तिमानी १४ पटक फ्रेन्च ओपन र २१औं ग्रान्डस्लाम जित्ने लक्ष्यमा पनि धक्का लागेको छ । फ्रेन्च ओपनमा नाडल १०८ खेल खेल्दा तेस्रो पटक मात्र पराजित भएका हुन् । जोकोभिचले भने अघिल्लो वर्ष नाडालसँग भोगेको हारको बदलासमेत लिएका छन् । अघिल्लो वर्ष जोकोभिचलाई ६–०, ६–२, ७–५ ले पराजित गर्दै नाडालले फ्रेन्च ओपनको उपाधि जितेका थिए । जोकोचिभ र नाडाल ५८औं पटक आमनेसामने भएका हुन् । जसमा जोकोभिचले ३० खेलमा जित निकाल्न सफल भएका छन् । जोकोभिच छैटौं पटक फ्रेन्च ओपनको फाइनलमा पुग्न सफल भएका हुन् । उनले सन् २०१६ मा एन्डी मुर्रेलाई पराजित गर्दै उपाधि जितेका थिए । जोकोभिच सन् २०१२, २०१४, २०१५, २०१६ र २०२० मा फाइनलमा पुगेका थिए ।

३४ वर्षीय जोकोभिचले जितपछि फ्रेन्च ओपनमा यो आफ्नो अहिलेसम्मकै उत्कृष्ट खेल भएको बताएका छन् । ‘क्लो कोर्टमा जित्न उत्कृष्ट प्रदर्शन गर्नुपर्छ’, उनले भने, ‘मैले निकै मेहनत गरेको थिएँ । त्यसकै प्रतिफल पनि पाएँ । यो मेरो जीवनकै उत्कृष्ट खेल हो ।’

कोरोना भाइरसको महामारीका कारण फ्रान्समा राति ११ बजेदेखि कफ्र्यु लगाइँदै आएको छ । यस्तो आपत्कालीन अवस्थामा पनि पाँच हजारभन्दा बढी दर्शक जोकोभिच र नाडालको खेल हेर्न उपस्थित भएका थिए । 

जोकोभिचले अब उपाधिका लागि ग्रिकका पाँचौं वरीयताका स्टेफानोस सिट्सिपाससँग प्रतिस्पर्धा गर्नेछन् । स्टेफानोसले जर्मनीका एलेक्जेन्डर जुरेभलाई पराजित गर्दै उपाधि नजिक पुगेका थिए । २२ वर्षीय स्टेफानोस पहिलो पटक ग्रान्डस्लामको फाइनलमा पुगेका हुन् ।  

महिलातर्फको  उपाधि भने चेक गणतन्त्रकी बारबोरा क्रेचिकोभाले उपाधि जितेकी छन् । शनिबार राति भएको खेलमा रुसकी अनास्तासिया पाब्लुचेन्कोभालाई पराजित गर्दै बारबोराले उपाधि जितेकी हुन् । एकपक्षीय खेलमा बारबोराले ६–१, २–६, ६–४ को जित निकालिन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.