क्रेचिकोभालाई फ्रेन्च ओपन
पेरिस : चेक गणतन्त्रकी बारबोरा क्रेचिकोभाले फ्रेन्च ओपन टेनिसको उपाधि जितेकी छन्। शनिबार राति फ्रान्समा भएको महिलातर्फको उपाधि भिडन्तमा रुसकी अनास्तासिया पाब्लुचेन्कोभालाई पराजित गर्दै बारबोराले पहिलो ग्रान्डस्लाम उपाधि जितेकी हुन्। एकपक्षीय खेलमा बारबोराले ६–१, २–६, ६–४ को जित निकालिन्।
२५ वर्षीया बारबोराले पहिलो पटक फ्रेन्च ओपन जितेकी हुन्। पहिलो पटक फाइनल पुगेकी बारबोरा पहिलो फाइनल यात्रामै च्याम्पियन बनेकी हुन्। उनले आफ्नो जित पूर्वप्रशिक्षक जाना नोभोत्नाप्रति समर्पण गरेकी थिइन्। चेक गणतन्त्रकी नोभोत्ना महिला डबल्सतर्फकी पूर्व विश्व नम्बर एक खेलाडी हुन्। उनको ४९ वर्षको उमेरमा सन् २०१७ मा निधन भएको थियो।
‘उनले मेरो सफलतामा धेरै मेहनत गरेकी थिइन्। धेरै अधिकांश समय उनकै साथमा कोर्टमा हुन्थें। उनलाई सदैव ग्रान्डस्लाम जित्नका लागि प्रेरणा दिइरहन्थिन्’, क्रेचिकोभाले भनिन्, ‘उनले क्यान्सरका कारण ज्यान गुमाउँदा म लामो समयसम्म विक्षिप्त बनेकी थिएँ। त्यो मेरो निकै कठिन समय थियो।’