किल बिलको रिमेकमा कृति

किल बिलको रिमेकमा कृति

मुम्बई : हलिउडका चलचित्रबाट प्रभावित भएर थुप्रै बलिउड चलचित्र बनेका छन्। ती चलचित्रले हलिउडमा जस्तै बलिउडमा पनि राम्रो चर्चा बटुल्न सफल भएका छन्। अब चर्चित हलिउड चलचित्र ‘किल बिल’ पनि भारतमा रिमेक हुने भएको छ।

‘किल बिल’को रिमेकका लागि निखिल द्विवेदीले दुई वर्षअघि नै हिन्दी राइट्स खरिद गरेका थिए। सम्झौता गरेको लामो समयसम्म पनि चलचित्र बन्छ कि बन्दैन भन्ने द्विविधा थियो। तर, अब सबै द्विविधा हटेको छ। चलचित्र निर्माणको तयारी अन्तिम चरणमा पुगेको र कलाकारहरूको छनौट पनि अन्तिममा पुगेको निर्माण पक्षले जानकारी दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अनुराग कश्यपले निर्देशन गर्ने चलचित्रमा कृति सेननले मुख्य भूमिका निर्वाह गर्ने भएकी छन्। ‘किल बिल’मा भने यो भूमिका उमा थरमनले निभाएकी थिइन्। ‘किल बिल’मा थरमनले खतरनाक हत्यारा महिलाको भूमिका निर्वाह गरेकी थिइन्। 

भारतीय सञ्चार माध्यमका अनुसार कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका समयमा निखिल र अनुरागले सुटिङमा जानुअघि गर्नुपर्ने सम्पूर्ण तयारी पूरा गरिसकेका छन्। चलचित्रको मुख्य भूमिकाका लागि कृतिले निकै मेहनत गर्नुपर्ने देखिएको छ। ‘एक्सन’ चलचित्र भएकाले पनि त्यसका लागि निकै मेहनत गर्नुपर्ने देखिएको छ। चलचित्रमा कृतिसँगै अन्य दुई अभिनेत्री पनि हुनेछन्। तर, त्यो भूमिकामा को–को अभिनेत्रीले अभिनय गर्ने भन्ने अहिलेसम्म निश्चित भइसकेको छैन। लामो समयको आन्तरिक गृहकार्यपछि सन् २०२२ को सुरुआतबाट चलचित्रको सुटिङ सुरु हुने जनाइएको छ।  

कृति सेननले पछिल्लो पटक अर्जुन कपुर र सञ्जय दत्तका साथ ‘पानीपत’मा अभिनय गरेकी थिइन्। कृति मिमी, बच्चन पाण्डे, भेडिया र आदि पुरुषमा पनि देखिने छिन्। भारतीय सञ्चार माध्यमका अनुसार आदि पुरुषको काम सकेपछि कृतिले ‘किल बिल’को सुटिङ गर्ने भएकी छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.