चिनियाँ कम्युनिस्ट पार्टीको सय वर्ष: गोप्य कोठे बैठकदेखि वैभवशाली मुलुक (फोटोफिचर)

चिनियाँ कम्युनिस्ट पार्टीको सय वर्ष: गोप्य कोठे बैठकदेखि वैभवशाली मुलुक (फोटोफिचर)

बेइजिङ: चीनको सत्तारुढ कम्युनिस्ट पार्टीले बिहीबार आफ्नो स्थापनाको १००औं वार्षिकोत्सव मनाइरहेको छ । राजधानी बेइजिङस्थित तियानमेन स्क्वायरमा भव्य समारोहका बीच सत वार्षिकी मनाइएको हो ।

सत वार्षिकी समारोहमा नेता सी ले कडा रुपमा राष्ट्रवादी भाषण गरेका थिए । यस क्रममा उनले चिनियाँ कम्युनिस्ट पार्टीले मात्रै स्थायित्व कायम गर्नसक्ने र कुनै पनि विभाजनकारी विदेशी प्रयासलाई यस पार्टीले मात्रै सहजै विफल पार्नसक्ने दावी गरेका थिए ।

"कम्युनिस्ट पार्टी विना नयाँ चीन सम्भव छैन," नेता सी ले भने । सत वार्षिकी समारोहमा राजधानी बेइजिङमा भव्य रुपमा देशभक्तिपूर्ण गीत संगीत बजाउनुका साथै विभिन्न सरकारी अधिकारीहरुले राष्ट्रवादी भाषण गरेका थिए ।

चिनियाँ कम्युनिस्ट पार्टी १९२१ को जुलाइमा सांघाइस्थित एउटा सानो इटाको फ्रेन्च सुविधा घरमा एक दर्जन जति प्रतिनिधिहरुले गोप्य रुपमा स्थापना गरेका थिए । लामो गृहयुद्धपछि कम्युनिस्ट पार्टी ७२ वर्षअघि सत्तामा पुगेको थियो। त्यसबेला देशमा व्यापक परिवर्तन भए ।

यद्यपि कम्युनिस्ट पार्टीको संस्थापक तथा पूर्व अध्यक्ष माओ त्सेतुङको शासनकालमा चीन ठूलो भोकमरी, गरिबी र राजनीतिक संकटको सामना गरिरहेको थियो । यस क्रममा लाखौँ मान्छे मारिएका थिए । जुन घटनालाई लिएर चीनको आलोचना हुने गरेको छ ।

वर्तमान विश्व समुदायमा चीन दोस्रो ठूलो अर्थतन्त्र भएको देशको रुपमा स्थापित भएको छ । र यसको तिब्र आर्थिक विकासले गर्दा ठूलो अर्थतन्त्र भएको अमेरिकालाई पनि निकट भविष्यमा उछिन्ने विश्लेषण हुने गर्छ ।

पछिल्ला वर्षमा चीनमा कैयौँ ठूलो स्तरका कार्यक्रमहरू हुँदै आएका छन् र हालैका साताहरूमा पार्टीले स्वीकारेको चीनको इतिहासबारे सञ्चारमाध्यममा कार्यक्रमहरूलाई प्राथमिकतासाथ स्थान दिइएको छ।

अमेरिकी सञ्चारमाध्यम सिएनएनले चिनियाँ कम्युनिस्ट पार्टीको सत वार्षिकी समारोहसँग सम्बन्धित र केही ऐतिहासिक तस्बिरको संकलन सम्प्रेषण गरेको छ । केही उत्कृष्ट प्रतिनिधि तस्बिरहरु सिएनएनबाट यहाँ साभार गरिएको छ ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.