फेडररले ओलम्पिक नखेल्ने

फेडररले ओलम्पिक नखेल्ने

लन्डन : स्विट्जरल्यान्डका टेनिस स्टार रोजर फेडररले यही जुलाई २३ बाट जापानमा सुरु हुने टोकियो ओलम्पिक नखेल्ने भएका छन्। विश्व वरीयतामा नवौं स्थानमा रहेका फेडररले सामाजिक सञ्जालबाट ओलम्पिक नखेल्ने घोषणा गरेका हुन्। 

३९ वर्षीय फेडररले घुँडाको चोटको कारण ओलम्पिक नखेल्ने बताएका हुन्। फेडररले सन् २००८ को बेइजिङ ओलम्पिकमा पुरुष डबल्समा स्वर्ण पदक जितेका थिए। सन् २०१२ को लन्डन ओलम्पिकमा पुरुष एकलमा भने फेडरर बेलायती टेनिस खेलाडी एन्डी मुर्रेसँग फाइनलमा पराजित हुँदै रजत पदकमा सीमित बनेका थिए। 

हालै लन्डनमा सम्पन्न विम्बल्डन टेनिस खेलेका उनी क्वार्टरफाइनलबाट बाहिरिएका थिए। पोल्यान्डका हुबर्ट हुकाजसँग ६–३,७–६ (७–४), ६–० ले पराजय बेहोर्दै उनी अन्तिम आठबाटै घर फर्किएका थिए। फेडरर इङ्ल्यान्डमा एकै सेट नजिती प्रतियोगिताबाट बाहिरिएको पहिलो पटक हो। हारसँगै २१औं उपाधि जित्ने फेडररको अभियानमा पनि गम्भीर धक्का लागेको थियो। यसैगरी नवौं पटक विम्बल्डन जित्ने सपना पनि लम्बिएको छ। 

३९ वर्षीय फेडरर आठ पटकको विम्बल्डन च्याम्पियन हुन्। फेडेररले पछिल्लो पटक सन् २०१७ मा उपाधि जितेका थिए। फेडरर विम्बल्डनको सेमिफाइनलमा पुग्ने पाका खेलाडीको कीर्तिमान बनाउनबाट पनि चुके। उनले ह्युबटलाई पराजित गर्न सकेको भए ३९ वर्ष ३ सय ३७ दिनमा विम्बल्डनको सेमिफाइनलमा पुग्ने सबैभन्दा पाका खेलाडी बन्ने थिए। अप्रत्याशित हारसँगै ‘ग्रास कोर्ट’मा उनको अन्तिम खेल हुने अड्कलबाजी पनि गरिन थालिएको छ। फेडरर आफैंले पनि विम्बल्डनमा फेरि प्रतिस्पर्धा गर्नेमा शंका व्यक्त गरेका छन्। फेडररको सन् २०२० मै दुई पटक घुँडाको अपरेसन गरिएको थियो। 

यसैगरी बेलायती महिला खेलाडी जोहना कोन्टालेसमेत टोकियो ओलम्पिक गुमाउने भएकी छिन्। कोन्टाको टिमलाई कोरोना भाइरसको संक्रमण देखिएपछि उनले ओलम्पिक गुमाउने भएकी हुन्। कोन्टाले यसअघि आफ्नै देशमा भएको विम्बल्डन टेनिस पनि गुमाएकी थिइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.