श्रीमतीको रिसले छिमेकी महिलामाथि एसिड हान्ने पक्राउ

श्रीमतीको रिसले छिमेकी महिलामाथि एसिड हान्ने पक्राउ

इटहरी : श्रीमतीको रिसले छिमेकी महिलालाई एसिड प्रहार गर्ने सुनसरीको बराहक्षेत्र ३ हर्दिया का ३० वर्षीय रोमन राजधामी पक्राउ परेका छन् । गत साउन १२ गते छिमेकी ४३ वर्षकी श्यामकुमारी धामीलाई एसिड हानेर भागेका रोमन साउन १५ गते पक्राउ परेका हुन् ।

रोमनले त्यो दिनआफ्नै २८ वर्षीया श्रीमती सरस्वती बस्नेतलाई एसिड प्रहार गर्न खोजेका थिए । चुरोटको विषयमा भएको वादविवाद बढ्दै गएपछि उनले एसिड प्रहार गर्न खोजेका थिए ।

श्रीमानले एसिड हान्न खोजेको थाहा पाउने बित्तिकै डरले भागेकी सरस्वती ज्यान जोगाउन छिमेकी श्यामकुमारी धामीको घरमा लुकेकी थिइन् । हातमा एसिडको बोतल बोकी पछिपछि लखेट्दै गएका रोमनले बाहिरबाट ढोका खोल भन्दै ढोकामा लात्तीले प्रहार गरेका थिए । 

त्यसो नगर्न सम्झाउने क्रममा बाहिर निस्केकी धामीको टाउको तथा अनुहारमा रोमनले एसिड हानेको प्रहरीले जानकारी दिएको छ । सो क्रममा रोमनलाई रोक्न आएका छिमेकी २१ वर्षीय सुनम राजधामी र १९ वर्षीय सुजन राजधामीसमेत एसिडको छिटाले लागेर घाइते भएका थिए । 

गम्भीर घाइते भएकी श्यामकुमारी धामीको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार हुन नसकी थप उपचारका लागि विराटनगरको म्याक्स अस्पताल लगिएको छ । 

उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । त्यसपछि घटनामा संलग्न रहेका रोमन फरार रहेका थिए। काठमाडौंको गौशालाबाट पक्राउ परेका रोममाथि एसिड आक्रमण (कुटपिट वा अंगभंगसम्बन्धी कसुर)  मुद्धामा म्याद थप भइ अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.