म्याग्दीमा आधा बजेट एकै महिनामा खर्च : असारमा मात्रै ५७ करोड सकियो

म्याग्दीमा आधा बजेट एकै महिनामा खर्च : असारमा मात्रै ५७ करोड सकियो

म्याग्दी : जिल्लामा एक महिनामा मात्रै ५७ करोड एक लाख ८६ हजार ६९१ रुपैयाँ अर्थात् ५० दशमलब ९३ प्रतिशत बजेट खर्च भएको छ । कोष तथा लेखा नियन्त्रकको कार्यालय म्याग्दीले दिएको जानकारीअनुसार गत वर्षको  कुल बिकास बजेट एक अरब ११ करोड ९५ लाख ४१ हजार ९३४ रुपैयाँ मध्य ५७ करोड एक लाख ८६ हजार ६९१ रुपैयाँ असार महिनामा खर्च भएको हो ।

हालै सकिएको आर्थिक वर्ष २०७७-७८ मा म्याग्दी स्थित कार्यालयहरुले आधा भन्दा बढी बिकास बजेट असारको एकै महिनामा खर्च भएका छन् ।

लेखा  कार्यालयले आर्थिक वर्ष सकिएको २१ दिनपछि बिहीबार तयार पारेको प्रतिवेदनअनुसार जिल्लामा भित्रिएको दुई तिहाई मात्रै विकास बजेट खर्च भएको छ । ३३ दशमलब ५९ प्रतिशत बजेट समयमै खर्च हुन नसकेर फिर्ता भएको कार्यालयले जनाएको छ ।

संघीयबाट पुँजीगत शिर्षकमा बिनियोजन भएको कुल ८५ करोड ८८ लाख ३३ हजार ४४३ रुपैयाँ मध्य ५३ करोड नौ लाख २६ हजार ८२८ रुपैयाँ खर्च भएको थियो । असारमा ५५ दशमलब ०६ प्रतिशत अर्थात २९ करोड २३ लाख १२ हजार ४८ रुपैयाँ खर्च गरेको कार्यालयले जानकारी दिएको छ ।   

प्रदेश सरकारले पुँजीगत शीर्षकमा पठाएको म्याग्दीमा ८२ करोड ७१ लाख ६५ हजार रुपैयाँमध्ये ७१.१७ प्रतिशत अथवा ५८ करोड ८६ लाख १५ हजार १०६ रुपैयाँ खर्च भएको छ । असार महिनामा २७ करोड ७८ लाख ७४ हजार ६४३ रुपैयाँ अथवा ४७.२० प्रतिशत खर्च भएको छ ।

पुँजीगत शीर्षकमा बिनियोजन हुने बजेट विकास आयोजना तथा कार्यक्रम कार्यान्वयनमा परिचालन हुने कोष तथा लेखा नियन्त्रक युक्तप्रसाद शर्माले बताए । आर्थिक वर्षको अन्तिम महिना ठूलो मात्रामा बजेट खर्च हुने प्रवृत्तिमा सुधार आउन नसकेको उनले भने । उनकाअनुसार ढिलासुस्तीको कारण अन्तिम अवस्थामा काम गर्ने, काम गरेपनि असारमा भुक्तानी माग्ने समस्या भएको छ । उनले भने ‘बजेट खर्च गर्ने अख्तियारी समयमा नआउनाले पनि असारमा आधा खर्च हुने अवस्था देखिएको हो ।’

गैरसरकारी संस्था महासंघ म्याग्दीका पूर्वअध्यक्ष हरिप्रसाद पौडेलले मौसम र विपद्का हिसाबले प्रतिकुल मानिएको असार महिनामा गरिने विकास निर्माणका काम प्रभावकारी नभएको बताए । ‘अनेक बाहना बनाएर उपभोक्ता समिति, निर्माण व्यवसायी, आपुर्तिकर्ता, कर्मचारी, जनप्रतिनिधि र नियमनकारी सरकारी अधिकारीहरु जिम्मेवार नहुँदा अर्थव्यवस्था र सुशासनमा असर पुग्ने असारे विकासको प्रवृत्ति हट्न सकेको छैन्,’ उनले भने ।  

गत वर्ष म्याग्दीमा भित्रिएको कुल पाँच अरब २० करोड ४५ लाख १७ हजार ९७ रुपैयाँ बजेट मध्य ८० प्रतिशत अथवा चार अरब १५ करोड ९१ लाख ३१ हजार ८०४ रुपैयाँ खर्च भएको छ । संघीयको तीन अरब ८७ करोड २३ लाख ५५ हजार ९७ रुपैयाँ बजेटमध्ये तीन अरब २० करोड २८ लाख ७८ हजार ३०४ रुपैयाँ खर्च भएको छ ।

प्रदेशबाट एक अरब ३३ करोड २१ लाख ६२ हजार रुपैयाँ बजेट आएकोमा ९५ करोड ६३ लाख २३ हजार ५०० रुपैयाँ खर्च भएको छ। चालु शीर्षकमा प्रदेशको कुल ५० करोड ४९ लाख ९७ हजार रुपैयाँ बजेटमध्ये ३६ करोड ७७ लाख आठ हजार ४७० रुपैयाँ खर्च र १३ करोड ७२ लाख ८८ हजार ५३० रुपैयाँ फिर्ता भएको छ ।

स्थानीय तहहरुलाई निकासा भएको अनुदानसहित चालुतर्फ संघको तीन अरब एक करोड ३५ लाख २१ हजार ६५४ रुपैयाँ बजेट मध्य दुई अरब ६७ करोड १८ लाख ८१ हजार ४७६ रुपैयाँ खर्च र ३४ करोड १६ लाख ४० हजार १७८ रुपैयाँ खर्च भएको छ ।

चालु र पुर्जिगत शिर्षकमा विनियोजन भएको मध्य २० प्रतिशत अर्थात एक अर्व चार करोड ५३ लाख ८५ हजार २९३ रुपैयाँ खर्च हुन नसकेर राज्य कोषमा फिर्ता भएको छ । प्रदेशको ३७ करोड ५८ लाख ३८ हजार ४२२ रुपैयाँ अथवा २८.२१ प्रतिशत र संघीयको ६६ करोड ९५ लाख ४६ हजार ७९२ रुपैयाँ अथवा कुल १७.२९ प्रतिशत फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल भिष्म थापाले जानकारी दिए ।   

पुँजिगत शिर्षकमा प्रदेश र संघले पठाएको मध्य ५६ करोड ६४ लाख ५६ हजार ५०९ रुपैयाँ अथवा ३३.५९ प्रतिशत बजेट खर्च हुन सकेन। प्रदेशको २३ करोड ८५ लाख ४९ हजार ८९४ रुपैयाँ अथवा २८.८३ प्रतिशत र संघको ३२ करोड ७९ लाख छ हजार ६१५ रुपैयाँ अथवा ३८.१८ प्रतिशत बजेट फिर्ता भएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.