इन्डोनेसियामा ४१ कैदीको मृत्यु

इन्डोनेसियामा ४१ कैदीको मृत्यु

जकार्ता : इन्डोनेसियाको राजधानी जार्काता नजिकैको एक जेलमा भीषण आगलागि भएको छ । आगलागीमा ४१ कैदीको मृत्यु भएको छ भने ७३ भन्दा बढी गम्भीर घाइते भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।  

ब्यान्टिन प्रान्तमा अवस्थित तेङ्गेराङ जेलमा स्थानिय समय अनुसार बुधबार विहान १ बजेर ४५ मिनेटमा आगलागी भएको थियो । इन्डोनेसियाको सरकारी अधिकारीका अनुसार विद्युतिय त्रुटी हुँदा आगलागी भएको थियो । 

मृत्यु हुनेमा २ विदेशी कैदी समेत रहेको मानवअधिकार एवम कानुन मन्त्री यासोन्ना लाओलिले बताए । उनका अनुसार जेलमा क्षमता भन्दा बढी कैदी राखिएका थिए । जेलभित्रका ढोकाहरु बन्द गरिएकोले ठुलो मानविय क्षती भएको छ । जेलको ब्लक ३८ मा आगलागी भएको हो । जहाँ लागुऔषधसँग सम्बन्धित १२२ भन्दा बढी कैदी राखिएका थिए । 

जेलभित्र २ हजार ६ कैदी राखिएको स्थानिय सञ्चारमाध्यमले जनाएको छ । 

हालसम्म पनि उद्धार कार्य जारी राखिएको उनले जनाएका छन् । आगलागी हालसम्मकै विनाशकारी भएको बताइएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.