संखुवासभा हत्या प्रकरण : ६ जनाकै पोष्टमार्टम सकियो

संखुवासभा हत्या प्रकरण : ६ जनाकै पोष्टमार्टम सकियो

धरान : संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँको उम्लिङमा अज्ञात समूहले बिभत्स हत्या गरेका एकै परिवारका ६ जनाको पोष्टमार्टम सकिएको छ। मंगलबार राति ६ जनाकै सब बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याए पश्चात बुधबार शबको पोष्टमार्टम सुरु गरिएको हो।

पाँच घण्टा लगाएर ६ वटै शवको पोष्टमार्टम सकिएको प्रतिष्ठानको फोरन्सिक विभागका एसोसियट प्रोफेसर डा. विकास साहले जानकारी दिए। डा. विकास नेतृत्वको ६ जनाको टोलीले बिहान १० बजेदेखि ३ बजेसम्मको समय लगाएर पोष्टमार्टम गरिएको हो।

सोमबार स्थानीय बौदमान कार्की श्रीमती ८४ वर्षीय पार्वता कार्की, ५८ वर्षीय छोरा तेजबहादुर कार्की, ५२ वर्षीया बुहारी कमला कार्की, बौद्धमानकी नातिनि बुहारी ३२ वर्षीया रञ्जना कार्की, ११ वर्षका पनाती दीपेन कार्की र ७ वर्षीया पनातिनि गोमा कार्कीको अज्ञात समुहले हत्या गरेको थियो। ६ जनाकै पोष्टमार्टम सकिएको छ, डा. शाहले भने 'आवश्यक कागजात तयार गरी शव परिवारलाई जिम्मा लगाउने छौं।' उनले पोष्टमार्टको रिपोर्ट आउन केही दिन लाग्ने बताएका छन्। 

६ जनाकै शव बुधवार नै इटहरीको बुढीखोलामा दाहसंस्कार गरिने तयारी भइरहेको बीपी प्रतिष्ठानको अस्थायी प्रहरी पोष्टका हबल्दार टिका कट्टेलले जानकारी दिएका छन् । हत्या पश्चात संघिय प्रहरी कार्यालय धरानबाट तालिम प्राप्त कुकुरसहित एसपी भीम दाहालको नेतृत्वमा प्रहरीको विशेष टोली हत्याराको खोजीमा घटनास्थल वरपर परिचालन गरिएको छ। प्रहरीले हत्याराको पहिचान भैसकेको र उनीहरुलाई पक्राउ गर्न प्रहरी नजिक पुगिसकेको जानकारी दिएको छ। घटनास्थलमा प्रहरीको प्रदेश प्रहरी कार्यालय विराटनगरको विषेश व्युरोको टोली, जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट उल्लेखिय प्रहरीको टोली परिचालन गरिएको बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.