त्रिशुलीमा कार खसेर बेपत्ता भएकाको ड्रोनबाट खोजी गरिंदै

चितवन : त्रिशुलीमा कार खसेर बेपत्ता भएका तीनजनालाई शुक्रबार दिनभर खोज्दा पनि फेला पार्न सकिएन। सशस्त्र प्रहरी बलको गोताखोर टोलीले शुक्रबार दिनभर खोजेको थियो।
शुक्रबार दिनभर खोजी गर्दा पनि फेला पार्न नसकेपछि ड्रोनको सहायताबाट खोज्न थालिएको छ। कार दुर्घटना हुँदा नदीमा बेपत्ता तीन जनाको अवस्था खोज्न नेपाल प्रहरीले ड्रोनको प्रयोग गर्न लागेको हो।
चितवनको इच्छाकामना–५ नाग्दी खोला नजिकै दुर्घटनामा परेको गाडी त्रिशुलीमा डुबेको थियो। कास्कीको पोखरा महानगरपालिका–१७ का प्रेमबहादुर भुजेल, लेखबहादुर भुजेल र ३६ वर्षीया ईश्वरी भुजेल बेपत्ता छन्। बेपत्ता भएकाहरुको ड्रोनको प्रयोगबाट खोजी गर्न लागिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सूर्य थापाले बताए। न प्रहरी प्रधान कार्यालयबाट ड्रोनसहितको टोली चितवन आउँदै छ।
काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग २ च ४९१८ नम्बरको कार अनियन्त्रित भइ सडकबाट अन्दाजी १०० मिटर तल नदीमा खसेको थियो। दुर्घटनामा परी घाइते भएका कास्कीको पोखरा महानगरपालिका–१७ का रुद्रलाल सुवेदीको उद्वार गरेर पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस !
