सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत तत्काल पठाउन माग

सबै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत तत्काल पठाउन माग
सुन्नुहोस्

काठमाडौं : राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सरकारको कारणले स्थानीय सरकारले राम्रोसँग काम गर्न नसकेको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै शाहीले स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाउन सरकारले आनाकानी गर्ने गरेको भन्दै सरकारको कारण स्थानीय सरकारले राम्रोसँग काम गर्न नसकेको बताएका हुन्।

उनले अहिले काठमाडौंसहित धेरै पालिकामा प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा शिक्षक,कर्मचारीदेखि काठमाडौंमा सरसफाइ गर्ने कर्मचारीले तलब खान नपाएको उल्लेख गरे।

उनले तहमा प्रमुख प्रशासकीय अधिकृतलाई स्थानीय तहमा पठाउन रोक्ने काम भएको भन्दै भत्र्सना समेत गरे।  सांसद शाहीले दुर्गममा समानीकरण अनुदान कटौती भएकाले यथासीघ्र यसमा ध्यान दिन आग्रह गर‍े।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.