कालिगण्डकीको वडा कार्यालयसहित ७ घरमा चोरी
गुल्मी : कालिगण्डकी गाउँपालिकामा आईतबार राती एकैपटक ७ घरमा चोरी भएको छ। कालिगण्डकी गाउँपालिका-१ हर्मिचौरमा रहेको वडा कार्यालयसहित गाउँका ७ घरमा चोरी भएको वडा अध्यक्ष थानिश्वर पाण्डेयले जानकारी दिए। पाण्डेयले गाउँका छोराबुहारी बाहिर गएको समयमा उनीहरुका कोठाहरु फोरेर चोरी गरिएको बताए। पाण्डेयका अनुसार वडा कार्यालयमा के कति सामान चोरी भयो भन्ने विवरण प्राप्त भएको छैन।
गणेश मन्दिर नजिकै गणेश मन्दिरबाट चुरा, नगद र सामान चोरी भएको, खेतको छेउमा रहेको ग्यारेज पसलबाट वियर र नगद, देविराम पाण्डेयको छोरा बुहारीको कोठा फोरिएको, विष्णु पाण्डेको पसलबाट १२ हजार, रमेश पाण्डेयको घरदेखि २२ हजार नगद र मोबाइल, पुरुषोत्तम पाण्डेयको छोरा बुहारी सुत्ने कोठा फोरिएको अवस्थामा रहेको छ।
घटनाका बारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरिक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !