सेनेटरी प्याडमा लगाइएको कर खारेजीको माग गर्दे प्रदर्शन

सेनेटरी प्याडमा लगाइएको कर खारेजीको माग गर्दे प्रदर्शन

पोखरा : सेनेटरी प्याडमा लगाइएको कर खारेजीको माग गर्दै पोखरामा युवाहरु प्रदर्शनमा उत्रेका छन्। पोखराको मानव अधिकार चोकमा शनिबार  दिउँसो युथ कांग्रेस नेपालका युवाहरु सेनेटरी प्याडमा लगाइएको कर खारेजीको माग गर्दै प्रदर्शनमा उत्रेका हुन्।  

प्रदर्शनमा सहभागीहरुले रातो कर खारेज गर, १३ प्रतिशत कर लगायत सबै कर कटौती गर लगायतका माग राखेर प्रदर्शन गरेका थिए। सहभागीहरुले सेनेटरी प्याड विलासिता होइन आवश्यकता हो भन्दै महिनावारी सम्बन्धी सम्पूर्ण सामाग्रीहरुमा लाग्ने गरेको हरेक प्रकारको कर हटाउन युथ कांग्रेस नेपालले माग गरेको छ।

संयोजक सुशान्त पराजुलीले अतिआवश्यक सामाग्रीमा पनि कर लगाएर सरकार कति अबुझ छ भन्ने देखाएको बताए। अर्थमन्त्रीलाई ज्ञापनपत्र दिएर महिनावारी सम्बन्धी सम्पूर्ण सामाग्रीहरुमा लाग्ने सबै कर खारेजी गर्न माग गर्दा पहिलेकै सरकारले कर लगाएको भन्दै पन्छीन खोजेको सुनाए। ओली सरकारका गलत कामलाई सच्याउन नयाँ सरकार बने पनि अर्थमन्त्रीले हावादारी कुरा गरेर पन्छिन खोजेको उनले बताए।

प्रर्दशनमा सहभागीले सरकार महिनावारीमा कर कहिले सम्म भन्ने प्रश्न गरेका थि। सेनेटरी प्याड लगायतका उत्पादनहरु आधारभूत स्वास्थ्य सुविधा अन्तर्गत राखेर अहिले लगाइएका सबै खाले कर खारेज हुनुपर्ने प्रदर्शनमा सहभागी मोनीका मगरले बताइन्। सेनेटरी प्याड हरेक महिना ४ दिन महिलाका लागि अति आवश्यक समाग्री भएको उनले बताइन्। 

नेपालको संविधानले महिला हकअन्तर्गत महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी मौलिक हक हुने भनि व्यवस्था गरेतापनि यसलाई व्यवहारमा उतारेको नपाइएको भन्दै युथ कांग्रेसले सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी मौलिक हक जस्ता विषयमा ध्यान दिएर सेवा र सुविधा दिन माग गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.