माग पूरा नभएसम्म संसद चल्न दिँदैनौं : ज्ञवाली

माग पूरा नभएसम्म संसद चल्न दिँदैनौं : ज्ञवाली

तानसेन : एमालेका सचिव एवं पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले माग पूरा नभएसम्म संसद अवरोध गरिरहेन बताएका छन्। सभामुख अग्नी सापकोटाले  संविधान तथा ऐन नियम विपरित काम गरेकाले माफी मागी गल्ति नसच्याएसम्म संसद अवरोध कायमै रहने उनले बताए । शुक्रबार दिउँसो १ बजे बस्दैछ।

सभामुख सापकोटाले एमालेले कारवाही गरेका १४ जना सांसदलाई निष्कासन गरी सूचना टाँस गर्नुपर्ने र कानुनी कारवाहीका लागि गल्ती स्वीकार नगरेसम्म संसदमा अवरोध कायम रहने एमाले प्रवक्ता ज्ञवालीले जोड दिए।

प्रेस चौतारी नेपाल पाल्पा शाखाले तानसेनमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता ज्ञवालीले अदालतको परमादेशबाट स्थापित भएको गठबन्धन सरकार विभिन्न स्वार्थहरुको अपवित्र गठबन्धन भएकाले लामो समयसम्म नटिक्ने दावी गरे।

अपवित्र गठबन्धन भएकै कारण सरकारले ३ महिनासम्म मन्त्रिमण्डल गठन गर्न नसकेको उनले जिकिर गरे। गठबन्धनमा संघीयताको घोरविरोधी जनमोर्चा, र विखण्डनवादी सोच भएकाले ७ प्रदेशलाई टुक्राएर तराई, पहाड अलगअलग प्रदेश बनाउनुपर्छ भनी वकालत गर्दै आएको उनले बताए।

जसपाजस्ता पार्टीको क्षणिक स्वार्थका लागि मात्र गठबन्धन भएको एमाले प्रवक्ता ज्ञवालीले बताए । उनले आउँदो स्थानीय निर्वाचनमा एमालेले कसैसँग गठबन्धन नगरी एकल उम्मेदवारी दिने बताए ।

मुलुकलाई अनिर्यणको बन्दी बनाएर राख्नुभन्दा ताजा जनादेशमा जानुपर्ने धारणामा एमाले अडिग रहेको उनको भनाइ छ। प्रधानमन्त्री शेरबहादुर देउवाले पठाएका सरकारका प्रतिनिधिसँग यस विषयमा छलफल भइरहेको प्रवक्ता ज्ञवालीले बताए।

सरकारले संघीय निर्वाचनका लागि मिति घोषणा गरे प्रतिपक्षी एमालेले स्वागत र समर्थन गर्ने बताए । निर्वाचन भएमा अहिले देखिएको गतिरोध अन्त्य हुने र मुलुकले निकाश पाउने दावी उनले गरे।

सरकार भारतीय सीमा विवाद कालापानी सुस्ताको बारेमा बोल्दै नबोल्ने, जयसिंह धामी बेपत्ताको विषयमा कुनै कुरा गर्न नसक्ने र हुँदै नभएको विवाद झिकेर चीनसँग निहुँ खोज्ने गरी गलत काम गरिहेको नेता ज्ञवालीको आरोप छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.