फेवा किनारमा पदयात्रा कार्यक्रम
पोखरा : वातावरण संरक्षणका लागि महाअभियान कास्कीले पोखराको फेवाताल किनारमा संरक्षण पदयात्रा कार्यक्रम गरेको छ। यसअघि पोखरा उपत्यका वृहत सरसफाई अभियानको नाममा सरसफाई कार्यक्रम गर्दै आएको यस संस्थाले पछिल्लो समयमा वातावरण संरक्षणका लागि सचेतना कार्यक्रमअन्तर्गत स्वच्छ वातावरणका लागि पदयात्रा कार्यक्रम सुरु गरेको हो।
वातावरण संरक्षणका लागि महाअभियान कास्कीको आयोजना र खहरे आमा समुहको संयोजनमा भएको कार्यक्रममा हल्लन चोकबाट गैराको चौतारासम्म सरसफाई गर्दै पदयात्रा गरिएको हो। कार्यक्रममा बंगलादी आमा समुह, खहरे आमा समूह, माछापुच्छे« महिला क्लब, अभियान आमा समूह, सामुदायिक सेवा केन्द्र, राइजिङ स्टार युवा क्लब लगायतका संघ संस्थाको सहभागीता रहेको थियो।
कार्यक्रममा स्थानीयलाई आफ्नो घर, सडक र वरपर सरसफाई गर्न अनुरोध गरिएको थियो। ताल, नदी, खोला र सार्वजनिक क्षेत्रमा जथाभावी फोहोर नफाल्न पनि सुझाइएको वातावरण संरक्षणका लागि महाअभियान कास्की संयोजक रामबहादुर पौडेलले बताए। पोखराको प्राकृतिक सुन्दरतालाई जोगाई राख्न २०५ औं पोखरा वृहत सरसफाई अभियान सुरु गरिएको संयोक पौडेलले बताए।
प्रतिक्रिया दिनुहोस !