प्रधानमन्त्रीले गरे निर्माणाधिन पोखरा अन्तर्राष्ट्रिय विमनस्थलको अवलोकन

प्रधानमन्त्रीले गरे निर्माणाधिन पोखरा अन्तर्राष्ट्रिय विमनस्थलको अवलोकन

पोखरा : प्रधानमन्त्री शेरबहादुर देउवाले निर्माणधिन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरेका छन् । पोखरा विमानस्थलबाट निर्माणधिन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्म हेलीकोप्टरमा आएका प्रधानमन्त्री देउवाले हेलोकोप्टरबाट निर्माणको अन्तिम चरणमा पुगेको विमानस्थलको अवालेकन गरे ।

अवलोकन पछि प्रधानमन्त्री देउवाले निर्माणधिन विमानस्थलमा पुगेर आयोजना प्रमुख, विमानस्थल निर्माण कम्पनीका प्रतिनिधिसँग विमानस्थल निर्माण प्रगतिको बारेमा जिज्ञाशा राखेका थिए । प्रधामन्त्रीसँग अहिलेसम्म भएको कार्यप्रगति, विमानस्थल संचालन अघि सम्पन्न गर्नुपर्ने कामका विषयमा जानकारी गराएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना प्रमुख विनेश मुनंकर्मीले बताए ।

राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ८५ प्रतिशत सम्पन्न भइसकेको प्रधानमन्त्रीलाई जनाकारी गराइएको थियो । नयाँ विमानस्थल नजिकैको ल्याण्डफील्ड साइट बेलैमा सार्नु पर्ने विषय, विमानस्थलको पूर्वतर्फको एप्रोच नजिकैको रिठ्ठेपानीको डाँडा कटान गर्नु पर्ने, विमानसस्थल भित्रैबाट सिचाईकालागि बनाइएको नहर व्यवस्थापन, त्यही नहरको पानीले विमानस्थलमा पूर्वतर्फ भएको कटान नियन्त्रणकालागि थाल्नुपर्ने कामका विषयमा प्रधानमन्त्रीलाई आयोजना प्रमुखले जानकारी गराएका थिए ।

आयोजना प्रमुख, विमानस्थल निर्माण कम्पनीका प्रतिनिधिसँग विमानस्थल निर्माणका प्रगतिको बारेमा बुझेपछि प्रधानमन्त्री देउवाले पत्रकारसँग छोटो कुरा गर्दै कोभिड समस्या नआएको भए पहिले नै विमानस्थल सञ्चालनमा आइसक्ने बताउँदै विमानस्थल अब छिट्टै सञ्चालनमा आउने बताए । विमानस्थल सञ्चालन अघि डाँडा कटान गर्नुपर्ने रहेछ भन्दै त्यसको समाधान पनि छिट्टै निस्कने प्रधानमन्त्री देउवाले बताएका थिए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले सिँचाइ, तटबन्दका कामका विषयमा कुरा भएको यसको विायमा संघ सरकारले के गर्नुपर्छ सहयोग हुन्छ भन्नु भएको बताए । गण्डकी प्रदेशका सूचना, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री विन्दुकुमार थापाले अहिलेको वर्षादले रनवेको पूर्वतर्फ पहिरो गएर भत्किरहेको र यसको समस्या समाधानका लागि आवश्यक २५ करोडको प्रारम्भिक अध्ययनले लाग्ने देखिएको बताए ।

यसको समाधानका लागि पहल गर्ने विषयमा कुरा भएको, ल्याण्डफिल्ड साइड अन्यत्र सार्ने विषयमा महानगरपालिकाले अगाडि बढाइरहेको, ल्याण्डफिल्ड साइड र विमानस्थल वरपर विचरण गरिरहेका चराहरुको बानी टुटाएर अन्यत्र जाने बानी बनाउन समय लाग्ने भएकोले पनि छिट्टै ल्याण्डफिल्ड साइड सार्नु पर्ने विषयमा पनि कुरा भएको बताए ।

प्रधानमन्त्री निर्माणको अन्तिम चरणमा पुगेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गर्न जाने थाहा पाएपछि बिहानैदेखि विमानस्थल पुगेका पत्रकार आयोजना प्रमुख र निर्माण कम्पनीका प्रतिनिधिले आयोजनाको प्रगतिका बारेमा प्रधानमन्त्रीलाई जानकारी दिँदै गर्दा भित्र छिर्न भने पाएनन् ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम चीन सरकारको स्वामित्वमा रहेको कम्पनी सिएएमसीइले २०१७ नोभेम्बर १ देखि काम थालेको थियो । सम्झौता अनुसार सन् २०२१ को जुलाई १० मा निर्माण सक्नुपर्ने थियो । कोरोना संक्रमण हुनुअघि चिनियाँ कम्पनीले तोकिएको समयभन्दा ६ महिनाअघि नै काम सक्ने बताउँदै आएको थियो ।

कोरोना संक्रमणका कारण निर्माण सामग्री ल्याउन, चिनियाँ प्राविधिक आउन ढिलाइलगायतका कारण एकवर्ष समय थप गरेर १० जुलाई २०२२ सम्म सम्पन्न गर्ने समय दिइएको छ । समय सीमा थपिए पनि २०७८ भित्रै सबै काम सकिएर टेष्ट फ्लाइट हुने गरी काम भइरहेको आयोजना प्रमुख मुनंकर्मी बताउँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.