बोक्सी भन्दै महिलालाई मलमुत्र खुवाउने ४ जना पक्राउ

बोक्सी भन्दै महिलालाई मलमुत्र खुवाउने ४ जना पक्राउ

महोत्तरी : महोत्तरी प्रहरीले बोक्सीको आरोपमा मलमुत्र खुवाउने कार्यमा संलग्न ४ जनालाई पक्राउ गरी सार्वजानिक गरेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीले आइतबार जलेश्वरमा पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजानिक गरेको हो। 

पक्राउ हुनेमा जलेश्वर न.पा.४ सुगाका ३२ वर्षीया पुरनी देवी महत्तो, स्थानीय रगेश्वर महत्तोकी ६५ वर्षीया श्रीमती प्रमिला देवी महत्तो, छोराहरु ३५ वर्षको सिकिन्दर महत्तो र २० वर्षको अनिल महत्तो रहेका छन्। 

प्रहरीले घटनास्थलबाट प्रतिवादीले पीडितलाई बाँध्न प्रयोग भएको नाइलनको डोरी, पीडितको काटिएको अवस्थाको कपालका टुक्रा, मलमुत्र खुवाउन प्रयोग गरेको प्लाष्टिकको ग्याँस र बियरको बोतल समेत पत्रकारसम्मेलनमा सार्वजानिक गरेको थियो।

गत असोज २७ गते स्थानीय शम्भु महत्तोको ४२ वर्षकी श्रीमती सुकमरिया देवीलाई बोक्सीको आरोप लगाएर उनीहरुले अपमानजनक व्यवहार गरेका थिए। प्रहरीका अनु्सार सुकमरिया देवी घुमफिर गर्नका लागि सिकिन्दर महतोको घर नजिक पुग्दा यस्तो घटना घटेको हो। 

सिकिन्दर महत्तो लगायतले बोक्सी भन्दै उनीमाथि अचानक जाइ लागेका थिए। प्रहरीले दिएको जानकारी अनुसार पीडित सुकमरियालाई उनीहरुले कुटपिट गर्दै मलमुत्र खुवाइ कपाल समेत काटिदिएका थिए। 

यता प्रहरीले अनुसन्धानको क्रममा सुकमरिया देवीलाई देख्नेबित्तिकै सिकिन्दर महत्तोकी १३ वर्षीया छोरी काजलकुमारी रून लागेकी थिइन्। सो घटना देखेपछि सिकिन्दर लगायतले सुकमरियालाई बोक्सीको आरोपमा कुटपिट गरी मलमुत्र खुवाइ कपाल समेत काटिदिएको महोत्तरीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.