कोजाग्रत पूर्णिमा : पोखराको फेवाताल किनारमा मेला
पोखरा : आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा बुधबार साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधाना गरी रातभर जाग्राम बसेर मनाइँदै छ। दसैं आश्विन शुक्ल प्रतिपदाका दिनबाट सुरु भएर कोजाग्रत पूर्णिमाका दिन राति जाग्राम बसेपछि समापन हुन्छ।
कोजाग्रत पूर्णिमाको दिन पोखराको फेवातालको बिचमा रहेको तालबाराही मन्दिरमा पूजा गर्नेको भीड नै लाग्दछ। फेवाताल किनार बाराहीघाटमा प्रत्येक वर्ष पूर्णिमाको दिन मेला लाग्ने गर्दछ। मेला लाग्ने भएपछि व्यवसायीहरु विभिन्न सामाग्री लिएर व्यापार गर्न पुग्ने गर्दछन्। कोभिडको कारण यस वर्ष भने मेलामा सहभागी कम भएको फेवा डुंगा व्यवसायी समितिका सहसचिव रुद्र भुजेलले बताए।
फेवातालमा डुंगा सयर गर्ने, ताल वरपर टहलीनेको यस वर्ष पनि सामान्य अवस्थाको जस्तो नभए पनि बाक्लो उपस्थिति थियो। कोभिड अघि फेवाता किनारमा रोटे पिङ र लठ्ठे पिङ राखिन्थ्यो। कोरोनापछि भने यहाँ पिङ राख्न छाडीएको छ।
प्रतिक्रिया दिनुहोस !