फेवाताल किनारमा मनाइयो छठ (तस्बिसहित)
पोखरा : पोखराको फेवाताल किनारमा बुधबार साँझ अस्ताउँदो र बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइएको छ । पोखराको केदारेश्वर मन्दिर नजिकै फेवा किनारमा २०६८ सालदेखि निरन्तररुपमा छठ पर्व मनाउन थालिएको हो ।
कात्तिक शुक्ल षष्ठी तिथीका दिन धुमधामका साथ छठ पर्व मनाइन्छ । कोरोना संक्रमणका कारण गत वर्ष छठ पर्व सामूहिकरुपमा मनाउन रोकिएको थियो । फेवाताल किनारमा नेपाली र भारतीय गरी करिब ६ सय जना भक्तजनले छठी माताको पूजा गरेको छठ पर्व पूजा समितिका संयोजक विश्राम कुश्वाहाले बताए । पछिल्लो समयमा पोखरेली पनि छठ पर्व मनाउँदै आएका छन्। 





प्रतिक्रिया दिनुहोस !