हेम्जाका किसानलाई आलु लगाउने चटारो (तस्बिरसहित)
पोखरा : पोखराको हेम्जाका किसान यति बेला धान थन्क्याएर आलु लगाउने चटारोमा छन् । हेम्जा कास्कीको आलु उत्पादनको पकेट क्षेत्र हो । यहाँ ३५० हेक्टरमा आलु लागाइन्छ र वर्षमा ७५ सय मेट्रिक टन आलु उत्पादन हुने गरेको पोखरा महानरपपालिका कृषि तथा पशु विकास महाशाखाले जनाएको छ ।
हेम्जामा पहिले ५ सय हेक्टरको आलु खेतीको पकेट क्षेत्र हो । सहरीकरण भएसँगै अहिले ३ सय ५० हेक्टरमा खुम्चिएको छ । किसान यतिबेला आलु लगाउन बाँझो जमिन जोत्न, मल राख्नदेखि आलु लगाउन परम्परागत हलोजस्तै साधन बनाएर कुलेसो बनाउनमा व्यस्त छन् । यतिबेला हेम्जा फाँटमा युवा, महिलादेखि वृद्धवृदाहरु आलु लगाउन खटिएका छन् । 
किसानको खेतमै पुगेर पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाका प्रमुख मनहर कडरियाले किसानलाई आलु लगाउने विधिका विषयमा सिकाएका थिए । आलु उत्पादन बढी लिन गुणस्तरीय बिउ आवश्यक रहेको बताए । किसानले साना-साना आलु काटेर लगाउँदै गरेका थिए । यसरी आलु काटेर लगाउँदा उत्पादन कम हुने भन्दै आलु नकाटी लगाउन पनि उनले सुझाएका थिए।
मेहनत उही हो तरिका नजान्दा उत्पादनमा असर गर्ने भएकाले किसानले खेती गर्दा साना -साना विषयमा ध्यान दिनुपर्नेमा उनले जोड दिए । स्थानीय किसान लक्ष्मी भुजेलले थाहा नभएर साना-साना आलु पनि काटेर लगाउने गरेको बताइन्। 
आलु लगाउन बनाइने कुलेसोको दुरी पनि हामीले लगाएको धेरै नजिक भएकाले कृषि तथा पशु विकास महाशाखाका प्रमुखको सुझाव उपयोगी भएको अर्का किसान राजु भण्डारीले सुनाए । हेम्जामा आलु लगाउनकै लागि धेरैले छिटो पाक्ने स्थानीय तथा हाइब्रिड धान लगाउने गर्दछन् । यहाँको जमिनमा १२ महिना खेती हुने गर्दछ । 

_20211114101236.jpg)
_20211114101236.jpg)
प्रतिक्रिया दिनुहोस !