ग्यास सिलिण्डर पड्किर आगलागी, ६ रेष्टुरेष्ट जले

ग्यास सिलिण्डर पड्किर आगलागी, ६ रेष्टुरेष्ट जले

पोखरा : पोखराको फेवाताल किनारका रेष्टुरेण्टमा सोमबार बिहान तीन बजेतिर आगलागी हुँदा ६ वटा रेष्टुरेण्टमा पूर्णरुपमा क्षति पुगेको छ । बिहान ३ बजेतिर एउटा रेष्टुरेष्टमा लागेको आगोका कारण रेष्टुरेण्टभित्र रहेको ग्यास सिलिण्डर पड्किदा नजिकैका थप ५ वटा रेष्टुरेण्टमा आगो लागेर ठूलो नोक्सानी भएको हो ।

ताल किनारका पहारीघाट भल्छोपुवा क्षेत्रमा रहेका ६ वटा रेष्टुरेण्टमा आगलागी हुँदा डेढ करोड बढीको क्षति भएको पोखरा ६ का वडा सदस्य कृष्णहरि पहारीले जानकारी दिए । आगलागीबाट मानवीय क्षति नभए पनि रेष्टुरेण्ट भित्रका सामान जलेर नष्ट भएका छन् । आगलागीबाट सबैभन्दा ठूलो क्षति हालै सञ्चालनमा आएको ओल्ड ग्राबिटी रेष्टुरेण्टमा पुगेको छ ।
 

सञ्चालनमा आएको एक महिना पनि नपुग्दै नजिकैको रेष्टुरेण्टमा लागेको आगो ग्राबिटी रेष्टुरेण्टसम्म पुगेर क्षति पुगेको हो । यो रेष्टुरेण्ट करिब ७० लाख लागतमा हालै निर्माण सम्पन्न भएर सञ्चालनमा आएको सञ्चालकले बताएका छन् । आगलागी के कति कारणले भयो भन्ने एकिन हुन सकेको छैन् ।

ऋणधन गरेर बनाएको रेष्टुरेण्टहरु जलेपछि व्यवसायी चिन्तामा छन् । कोभिडपछि चलायमान हुन लागेको रेष्टुरेण्ट नै जलेपछि फेरि कसरी जलेको रेष्टुरेट नयाँ बनाउने हो भन्ने चिन्ता छाएको व्यवसायी माया परियारले सुनाइन् ।

राति ३ बजेतिर सानो आगो देख्दादेख्दै एक्कासी तीनवटा सिलिण्डर पड्किदा स्थानीय ज्यान जोगाउन भागाभाग भएको स्थानीय श्रीमाया कुमालले बताइन् । आप्नो घरमा पनि आगो सल्कन डरले बच्चालिएर भागेको पनि उनले सुनाइन् । आगो निभाउन नेपाल प्रहरी, नेपाल आर्मी र स्थानीय जुटेका थिए।

फेवाताल किनारको फुटपाथ नजिकै रहेका रेष्टुरेण्टमा लागेको आगो निभाउन नजिकै दमकल जाने बाटो नभएपछि टाढाबाट धेरै लामो पाइप दमकलमा जोडेर आगो निभाउनु परेको स्थानीयले बताएका छन् ।

नजिकै दमकल जाने बाटो नहुँदा पनि आगो नियन्त्रण लिन समस्या भएका स्थानीयले बताएका छन्। आगोलागीबाट भएको क्षतिको एकिन विवरण आउन बाँकी छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.