हिमाल हेर्दै फेवातालको फन्को

हिमाल हेर्दै फेवातालको फन्को

पोखरा : पोखरामा शनिबार सम्पन्न फिस्टेल रेस अन्तरगत ४२ किलोमिटर रेसमा पुरुषतर्फ नेपाली धावक तस्बिर लामा प्रथम भएका छन्। लामाले निर्धारित दुरी ४ घण्टा १५ मिनेट ५४ सेकेण्डमा पूरा गरेका हुन्। 

रेसमा दोस्रो भएको अर्जुनकुलुङ राईले निधारित दुरी ४ घण्टा १८ मिनेट ४९ सेकेण्डमा पूरा गरे। यसै गरी महेश थापाले ४ घण्टा ५३ मिनेट ९ सेकेण्डमा दौड पूरा गरेर तेस्रो भए। स्विजरल्याण्डका डेनियल लिजरले निर्धारित दुरी ५ घण्टा २७ मिनेट ४० सेकेण्डमा पूरा गरेर चौथो भएका छन्। 

४२ किलोमिटरको महिलातर्फको रेसमा बेलायती धावकको वर्चश्व रहेको छ। बेलायतकी फ्लोरो रेबेकालेले निर्धारित दुरी ६ घण्टा ३ मिनेट ५५ सेकेण्डमा पूरा गरेर प्रथम भइन्। यसै गरी बेलायतकै लिजी हावाकरले ६ घण्टा ३५ मिनेट २७ सेकेण्डमा पूरा गरिन् भने तेस्रो भएकी बेलायतकै स्याली रेबेकाले ६ घण्टा ३८ मिनेट ४८ सेकेण्डमा पूरा गरिन्। 

फिस्टेल रेस अन्तर्गतको २१ किलोमिटर रेसमा अशोक बरामले १ घण्टा ५७ मिनेट २५ सेमेण्डमा निधारित दुरी पूरा गरी प्रथम भएका छन्। यसै गरी भूमीराज रोकाले सोही दुरी २ घण्टा ५ मिनेट ३ सेकेण्डमा पूरा गरेर दोस्रो भए। तेस्रो भएका सन्चे तामाङले २ घण्टा ७ मिनेट ८५ सेकेण्डमा पूरा गरेका छन्। 

२१ किलोमिटर महिलातर्फको दौडमा बेलायतकी एन केले २ घण्टा २७ मिनेट ४ सेकेण्डमा पूरा गरेर प्रथम भएकी छन्। यसै गरी नेपालकी छोकी शेर्पाले २ घण्टा ५४ मिनेट ५५ सेकेण्डमा पूरा गरेर दोस्रो भइन्। तेस्रो भएकी अमेरिकाकी सान्या मार्टले निर्धारित दुरी २ घण्टा ५९ सेकेण्ड ५५ मिनेटमा पूरा गरेकी छन्। 

यसै गरी ५ किलोमिटर रेसमा लाक्पा योजेन तामाङ प्रथम भएका छन्। उनले निर्धारित दुरी १ घण्टा ३५ सेकेण्डमा पूरा गरेको आयोजकले बताएका छन्। यसै गरी दोस्रो भएका डिकेश गुरुङले १ घण्टा ३७ मिनेटमा पूरा गर्दा तेस्रो भएका अमेरिकाका स्टेभ वेल्सले १ घण्टा २६ मिनेट १३ सेकेण्डमा पूरा गरे। 

महिलातर्फको ५ किलोमिटर रेसमा क्यानडाकी एम्मा हेमिल्टनले १ घण्टा २८ मिनेट २७ सेकेण्डमा पूरा गरेर प्रथम भइन्। यसै गरी दोस्रो भएकी नेपालकी बिमला आलेले १ घण्टा ३७ मिनेट ३१ सेकेण्डमा निधारित दुरी पूरा गरिन्। तेस्रो भएकी अमेरिकाकी डोरी नोयनले १ घण्टा ४० मिनेट २७ सेकेण्डमा पूरा गरिन्। 
हिमालयन ट्रेल रनिङ प्रालिको आयोजनामा भएको दोस्रो संस्करणमा १७ देशका ७० भन्दा बढी विदेशीको सहभागिता रहेको व्यवस्थापक दिपक भट्टले बताए। फिस्टेल रेसमा नेपालीसहित करिव २ सय जनाको सहभागिता रहेको आयोजकले बताएका छन्।  

४२ किलोमिटर रन डेभिज फलबाट सुरु भएर पुम्दीकोट, तारेभिर, घाँटी छिना, देउराली कास्कीकोट सराङ्कोट मेथलाङ, सेदी पुगेर टुगिएको थियो। यसै गरी २१ किलोमिटरको दुरी डेभिज फल, स्तुपा, चंखपुर, पदेली, मेथलाङ हुँदै सेदीसम्म र ५ किलो मिटर रेस सेदी, ग्यारजाती, मेथलाङ हुँदै सेदीमै आएर टुंगिएको थियो। रेसमा पहिलो, दोस्रो र तेस्रो हुनेलाई मेडल, प्रमाण पत्र र पुरस्कार प्रदान गरिएको थियो।  

अन्नपूर्ण, धौलागिरी हिमालको मनोरम दृश्यको अवलोकन गर्दै रेसमा सहभागी नेपाली र विदेशी सहभागी रमाएका थिए। नेपाली जनजीवन प्रत्यक्ष अनुभव गराउने उद्देश्यले पुरानो बाटो तर अहिले हिंड्न छोडिएको गोरेटोबाटे हुँदै अन्तर्राष्ट्रिय स्तरको फिस्टेल रेस कार्यक्रम आयोजना गरिएको डा सुन्दर पौडेलले बताए। 

रेस आगामी वर्षदेखि वर्षमा ३ पटक आयोजना गर्ने लक्ष्य रहेको कार्यक्रमका व्यवस्थापक भट्टले बताए। पोखरा बजार निजकैको डाँडामा उकाली ओराली गर्दै हिमालको अवलोकन गरी फेवातालको फन्को मार्दा पर्यटक निकै खुसी भएकोले पनि पर्यटक आकर्षण गर्न  रेसलाई निरन्तरता दिइने उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.