विस्मृति छ ? समयमै उपचार

विस्मृति छ ? समयमै उपचार

विश्वभरिमा पाँच करोडभन्दा बढी मानिस विस्मृति रोगका सिकार भएका छन्।


विश्वमा हरेक सेकेन्डमा एकजना मान्छे बिर्सिने रोग (विस्मृति)को सिकार बनिरहेका छन्। सन् २०२० सम्म करिब विश्वभरि पाँच करोड मान्छे विस्मृति रोगको सिकार बनेका छन्। प्रत्येक २० वर्षमा यो संख्या अगाडिको भन्दा दुई गुणाले वृद्धि भएको देखिन्छ। यस्तै हुने हो भने २०३० सम्म यो संख्या आठ करोड २० लाख र २०५० सम्ममा १ अर्ब २५ लाख पुग्नेछ। यो वृद्धि धेरैजसो विकासोन्मुख देशमा छ। अतिकम वा मध्यम खाले आयस्रोत भएका देशमा ६० प्रतिशत मानिस अहिले नै बिर्सने रोगको सिकार भएका छन्।

यस्तै हो भने यो प्रतिशत २०५० सम्ममा ७१ पुग्नेछ। ज्येष्ठ नागरिकमा यो रोग तीव्र गतिमा बढिरहेको छ। त्यसको सिकार चीन, भारत र दक्षिण एसियाका साथै पश्चिमी प्रशान्तका क्षेत्रीय मुलुकसमेत छन्। संसारमा प्रत्येक वर्ष हरेक ३.२ सेकेन्डमा विस्मृतिको एउटा नयाँ रोगी थपिन्छ। एक करोडभन्दा बढी नयाँ विस्मृति रोगी थपिएको पुष्टि भएको छ। स्वभावले उमेरको वृद्धि हुनु मानवीय गुण हो। त्यसैले विजत शताब्दीमा ज्येष्ठ नागरिकको स्वास्थ्यमा सुधार पनि देखिएको छ। जसले गर्दा मानिस धेरै वर्षसम्म स्वस्थ भएर बाँचिरहेका छन्। ज्येष्ठ नागरिकको संख्या बढ्दो गतिमा देखिएको छ। ज्येष्ठ नागरिकमा ६५ वर्षभन्दा अगाडि उनीहरूलाई सचेत गराउँदा गराउँदै पनि उनीहरू बिर्सने रोगको सिकार भएका छन्।

विस्मृतिले परेको आर्थिक प्रभाव
विस्मृति रोगको विश्वव्यापीरूपमा अन्दाज गरिएको पूरा खर्च हेर्ने हो भने अचम्म लाग्न सक्छ। सन् २०१५ सम्ममा यूएस ४८१८ विलियन खर्च थियो जुन विश्वको ग्रार्हस्थ उत्पादन १.०९ प्रतिशत हो। हाल आएर यसको खर्च, अमेरिकी डलर एक ट्रिलियनभन्दा माथि पुगेको छ। यो खर्चको प्रारूप सामान्य उपचार (परिवार वा अन्य उपचार खर्चबाहेक)को हो। सामाजिक सेवाको लागत खर्च (व्यावसायिक समुदान र घरमै बसेर सेवा पुर्‍याउनेसमेत) र औषधि उपचारको प्रत्येक खर्च (विस्मृति रोगीहरूको उपकार र अन्य सामान्य साथै अमान्य हेरचाहको खर्च) खर्चसमेत छ।

झन्डै तीन गुणा विस्मृति रोगीहरूले कुनै पनि उपचार पाएका छैनन्। जसलाई न्यूनतम उपचारको आवश्यकता  देखिन्छ।

जुन औषधि खर्च विम्बका विस्मृति रोगीहरूको खर्चको झन्डै २० प्रतिशत देखिन आउँछ। जबकि सामाजिक क्षेत्रको अनौपचारिक खर्चको झन्डै ४० प्रतिशत सबैभन्दा बढी छ। जुन अनौपचारिक सहयोग अफ्रिकी देशहरू र सबैभन्दा थोरै दक्षिण अमेरिकी देशहरूमा, मध्य युरोपमा र उत्तर अमेरिकी केही देशहरूमा भएको छ। जुन खर्च सामाजिक क्षेत्रको खर्चभन्दा ठिकविपरीत छ। यसको मतलव यदि विश्वव्यापी रोगीहरूका उपचार खर्च एउटा देशमा यति हुन्छ भने यो देश चाहिँ विश्वको १८औं स्तरको देश हुनेछ। जसको त्यति ठूलो रकम खर्च भएको देखिन्छ।

यसरी गर्न सकिन्छ रोगको निदान
प्रतिवेदनमा उल्लेख भएअनुसार हालसालै विस्मृति रोगीहरूको उचित उपचार पाएको देखिँदैन। उच्च आय स्तर भएका देशहरूमा २० देखि ५० प्रतिशत विस्मृति रोगीहरू उल्लेख भएको पाइन्छ। यिनीहरूको सामान्य उपचार भएको मात्र देखिन आउँछ। यो उपचारको विविधता थोरै आयस्रोत भएका देशहरूमा उच्च देखिन्छ। भारतको एउटा अध्ययनअनुसार ९० प्रतिशत व्यक्तिहरू उपचारविहीन देखिन्छन्। यसै कुरालाई आधार मान्ने हो भने झन्डै तीन गुणा विस्मृति रोगीहरूले कुनै पनि उपचार पाएका छैनन्। जसलाई आवश्यक उपचार गर्नुपर्ने देखिन्छ।

अन्य देशको अवस्था
विश्वभरिमा पाँच करोडभन्दा बढी मानिस विस्मृति रोगका सिकार भएका छन्। जसको संख्या २०५० सम्म १५२ मिलियन पुग्न सक्ने आँकडा छ। यसको वृद्धि अति न्यून आयस्रोत भएका देशमा उच्च छ। न्यून र मध्यम आयस्रोत यसका देशमा विस्मृति रोगीको संख्या अहिले नै ६० प्रतिशत रहेका र २०५० सम्ममा यो संख्या बढेर ७१ प्रतिशत हुने देखिन्छ। हरेक तीन सेकेन्डमा विश्वको कुनै पनि ठाउँमा एउटा नयाँ रोगी थपिने गर्छ। यी विस्मृति रोगीमध्ये तीन भागले कुनै पनि उपचार पाउन सकिरहेका छैनन्। झन्डै ८० प्रतिशत मानिसले विस्मृति रोग बढी रहेका कुरा थाहा पाएका छन्। चार जनामध्ये एक जनाले विस्मृति रोगका उपचार हुन सक्दैन भन्ने ठान्छन्। झन्डै ६२ प्रतिशत स्वास्थ्यकर्मीले विस्मृति रोगलाई उमेर वृद्धि हुँदा स्वतः आउने रोगको रूपमा लिएका छन्। ३५ प्रतिशत विस्मृति रोगीले आफ्नो उपचार परिवारभित्रै सीमित राखेका छन्। तिनले भनेबमोजिम ५० प्रतिशतभन्दा बढी विस्मृति रोगीहरूले उनीहरूप्रति सकारात्मक हुँदा हुँदै पनि सो रोगको निवारण रोगी आफू नै जिम्मेवार नरहेको देखिएको छ।

यदि कोही व्यक्ति आफ्नो स्मरण शक्तिका लागि चिन्तित छ भने वा कोही तपाईंको नजिकै छ भने त्यसलाई तपाईंले उचित रोग निवारणको व्यवस्था गर्नुपर्ने कुरा महŒवपूर्ण हुन आउँछ। यो प्रक्रिया एक देशभन्दा अर्कै देशमा फरक भए पनि आफ्नो डाक्टरसँग अथवा व्यक्तिगत सहयोगीसँग सेवा माग्न सुरु गर्न कल्याणकारी हुनेछ। आफ्नो डाक्टर वा सहयोगीसँग आफ्नो रोगबारेमा विचारविमर्श गर्दा त्यसको उपचार सहजसँग हुन सक्छ। नत्र भने मान्छे विस्मृतिका साथै तनाव, पिसाबसम्बन्धी रोग, भिटामिनको कमी, ब्रेन ट्युमर वा थाइराइडको समस्यामा जकडिन सक्छ। स्मृति रोग उमेरका कारण हुने सामान्य रोग होइन। समयमै यसको उपचार गर्नाले व्यक्तिले आफूलाई काबुमा राख्न सक्छ। पहिले नै उपचारको योजना गर्नाले उसको जीवनमा ठूलो सहयोग पुग्न सक्छ।

समयमै उपचार गर्दाका फाइदा
रोगीहरूले समयमै उपचार खोज्नु पर्छ। कुनै पनि व्यक्ति आफूलाई के भइरहेको छ भन्ने कुरामा खुल्दुली भए पनि विभिन्न किसिमका चिन्ता आए पनि के भएको छ ? भन्ने कुराको हेक्का राख्दैनन्। यसरी नै विस्मृति रोगले त्यससम्बन्धी निराकरण गर्न आनाकानी गर्छन्। तर पनि त्यस रोगसम्बन्धी कारण पत्ता लगाई उपचार गर्नाले समस्याको समाधान हुन्छ। परिवारको चिन्ताबाट मुक्त हुन सकिन्छ। बेलायतका जोर्न ब्राउन उल्लेख गर्छन् कि ‘मैले अल्जाइमर रोगको उपचार समयमै गरें। पहिले, थाहा पाउँदा मलाई र 

श्रीमतीलाई ज्यादै डरलाग्यो। डाक्टरको सल्लाहअनुसार यस रोगबारेमा समयमै उचित उपचार र योजना गर्नाले यसबाट बच्न सकिन्छ भन्ने थाहा पाएपछि हामी ज्यादै खुसी भयौं।

-लेखक राष्ट्रिय जेष्ठ नागरिक महासंघका अध्यक्ष हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.