सहिद स्मारक ए डिभिजन लिग : मनाङको पुलिसमाथि ३-१ को फराकिलो जित

सहिद स्मारक ए डिभिजन लिग : मनाङको पुलिसमाथि ३-१ को फराकिलो जित

पोखरा : पोखरा रंगशालाको फुटबल मैदानमा शनिबार भएको सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मस्याङ्दी क्लबले नेपाल पुलिसमाथि ३—१ गोलको फराकिलो जित निकाल्दै शीर्ष स्थानमा पुगेको छ। खेलमा मनाङलाई स्पष्ट अंक दिलाउन कप्तान अञ्जन विष्टले दुई र निशान लिम्बुले एक गोल गरे। 

घरेलु मैदानमा भएको खेलमा मनाङका डिफेन्डर दिनेश राजवंशीको लामो पासमा कप्तान अञ्जन विष्टले खेलको १० औं मिनेटमा गोल गरेर टोलीलाई अग्रता दिलाए। पुलिसका गोलकिपर रोशन खड्का आउट अफ पोजिशनमा रहेका बेलामा खाली पोष्टमा अञ्जनले सहज गोल गरेका थिए। 

खेलको ३५ औं मिनेटमा प्रहरीले मनाङविरुद्ध पेनाल्टीबाट गोल गर्दै खेललाई बराबरीमा ल्याएको थियो। मनाङका डिफेन्डर सरोज योञ्जन लामाले १८ यार्ड बक्सभित्र पुलिसका फरवार्ड निर कुमार राईमाथि फाउद गरेपछि पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै सुमन लामाले पुलिसका लागि बराबरी गोल फर्काएका हुन्। निकै रोमाञ्चक खेलमा पहिलो हाफमा दुबै टोलीले १—१ गरी बराबरी खेल खेलेका थिए।  

पोखरा रंगशालाको फुटबल मैदानमा शनिबार भएको सहिद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिसविरुद्ध व्यक्तिगत दोस्रो गोल गरेपछि खुशी साट्दै मनाङ मस्याङ्दी क्लबका कप्तान अञ्जन विष्ट।

खेलको ७३ औं मिनेटमा मनाङका अञ्जन विष्टले फ्रि—किकमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै पुनःअग्रता दिलाए। उनले प्रहार गरेको फ्रि-किक बलले सोझै विपक्षीको पोष्टको जाली चुमेको थियो। पुलिसका डिफेन्डर सन्तोष हेमरुनले १८ यार्ड बक्सको एजमा बल ह्यान्ड गरेसँगै मनाङले फ्रिकिक पाएको थियो। अञ्जनले पुलिसको डिफेन्सिभ वालको दायाँतर्फबाट गरेको प्रहार सोझै गोलमा परिणत भएको हो। 

खेलको ८३ औं मिनेटमा मनाङका निशान लिक्बुले घरेलु टोलीका लागि तेस्रो गोल गरे। ओलावालेले प्रहार गरेको बल पुलिसका गोलकिपर रोशनले फर्काएका थिए। सोही रिबाउन्ड बलमा निशानले भली प्रहार गर्दै विपक्षी पोष्टको जाली चुमाएका थिए।  

मनाङले खेलमा पाएका केही अवसर खेर फालेको थियो। दोस्रो हाफको ३२ औं मिनेटमा मनाङका कप्तान विष्टले ह्याट्रिक गर्ने अवसर खेर फालेका थिए। विपक्षी पोष्टनजिकै ओलावालेले दिएको बललाई विष्टले सदुपयोग गर्न नसक्दा ह्याट्रिक गर्नबाट चुकेका थिए। बाँकी समयमा पुलिस क्लब खेलमा फर्कन सकेन र मनाङले घरेलु मैदानमा ऐतिहासिक जित निकाल्यो। 

जितसँगै मनाङ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। ५ खेलमा १३ अंक जोड्दै मनाङ शीर्ष स्थानमा रहेको छ। मच्छिन्द्र बराबरी ५ खेल खेल्दै ११ अंकका साथ दोस्रो स्थानमा रहेको छ। उता पराजित पुलिसले ५ खेलमा ५ अंक जोडेको छ। खेलमा मनाङका कप्तान विष्ट म्यान अफ दि म्याच चुनिए भने इमर्जिङ प्लेयरको उपाधि पुलिसका निरकुमार राईले पाए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.