अग्नि पीडितलाई आर्थिक सहयोग

अग्नि पीडितलाई आर्थिक सहयोग

मुगु : गत कार्तिक २९ गते राति आगलागीबाट पूर्णरुपले क्षति भएका सदरमुकाम गमगढीका १८ घरधुरीलाई आर्थिक सहयोग गरिएको छ । स्पेनको आलबिरमा बसोबास गर्दै आएका मुगु छाँयानाथ रारा नगरपालिका-१३का अक्कल बोहोराको अगुवाईमा कार्तिक २९ गते भएको आगलागीबाट पिडीत परिवारलाई जिल्ला प्रशासन कार्यालयको रोहबरमा आर्थिक सहयोग गरिएको हो ।

आगलागीबाट पूर्णरुपले क्षति भएका १८ घरलाई प्रतिघर २० हजारका दरले सहयोग गरिएको छ । त्यस्तै ब्यवसाय गरेर बसेकालाई प्रति घर ३ हजारका दर र बहालमा बसेकालाई १ हजारका दरले सहयोग नगद रुपैयाँ सहयोग गरिएको बोहोराले जानकारी दिए ।

विदेशमा बसेर आफ्नो कमाईबाट खर्च कटाएर हामी बसेको स्थानमै पुगेर सहयोग पाउँदा हामी अग्नि पिडीतलाई ठूलै सहयोग पुगेको अग्नि पिडीत राज्यलक्ष्मी हितानले बताइन् ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.