सेतो कार्पेटमा सजिएकी राराकी अप्सरा (फोटो फिचर)

सेतो कार्पेटमा सजिएकी राराकी अप्सरा (फोटो फिचर)

मुगु : मंगलबार रातिबाट बुधबार बेलुकीसम्म रारा क्षेत्रमा परेको भारी हिमपातले रारातालको वरीपरी सेतो कार्पेट माथि राराताल डुबुल्कि मारेको जस्तै देखिएको छ ।

रारा क्षेत्रमा एक फिट भन्दा बढी हिउँ जमेको छ । हिमपातमा राराको मज्जा लिन सदरमुकाम गमगढीबाट हिमापत हुँदा हुँदैपनि मंगलबार धेरै युवा हिउँ खेल्न राररा पुगेका थिए । बुधबार पनि सदरमुकामबाट दर्जनौ युवा रारामा पुगेका थिए ।

बीचमा राराको निश्चल पानी किनार छेउ र जङ्गलभरी जमेको  हिउँ हेर्दा जो कोहीलाई सेतो कार्पेट बिच्छाई राराकी अप्सरा सुनसान बसेको भान भएको मंगलबार रारामा हिउँ खेल्न पुगेका सदरमुकाम गमगढीका भाग्यराज भामको समूहले बताए । 

हिउँमा रमाउनेहरुका लागि रारा क्षेत्र यो समय उपयुक्त हो । 

२९ सय २९  फिट उचाईमा रहेको रारा ताल पुष देखि फागुन सम्म सेताम्मे हुन्छ । जेठदेखि साउनसम्म  विभिन्न जातका फूलहरुले ढकमक्क हुने रारा केही वर्षयता हवाई तथा सडक यातायात सहज भएपछि आन्तरिक पर्यटकको संख्या वृद्धि हुने गरेको भएपनि  बासस्थानका कारण एक पटक आएको पर्यटक पुन आउन नमान्ने गरेको स्थानीयहरु बताउछन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.