आत्मकथाभित्रका कथा

आत्मकथाभित्रका कथा

काँडामा फूलेकी फूल सुनिता दनुवार

शक्ति समूहकी संस्थापक एवं निवर्तमान अध्यक्ष नेपाली छोरी संघर्षको अर्को नाम प्रेरणाको स्रोत सुनिता दनुवार काँडामा फूलेकी फूल हुन्। मान्छेको कथा मान्छेले पढेपछि नै समाज सभ्य र विकसित बन्दै जान्छ । सुनिता र उनको आँसुको शक्ति नै शक्ति समूह हो । शक्ति नै समूह बनेपछि सुनिताको दिन फेरियो। सकारात्मक परिवर्तन आफैंसँग हुन्छ। त्यसैगरी उनी काँडाबाट पूmल बनिन्, यस पुस्तकको यथार्थ पनि यसैमा छ । ‘आँसुको शक्ति’ नामक पुस्तक सुनिताको जीवन मात्र नभएर मानव बेचबिखन कसरी हुँदो रहेछ ? यो समाजमा त्यसबारे वास्तविकता झल्केको छ।

नारकीय जीवन बिताउन बाध्य भएका छन् भन्ने डरलाग्दो शृंखला नै छ। सरल तर निकै मार्मिक मुटु नै छुने घटना छन्। आँखा रसाउने दु:खद् समय गुजारेकी सुनिता काँडाको जीवन बिताएर आज फूलमा रमाउँदै छिन्।

आँसुको शक्ति एक पीडा हो, नवभोगाइ हो। एक जीवन्त मानवभित्रका व्यथा अनि कथा औंल्याउने एक माध्यम हो । पुस्तकमा दलालहरूको जालमा परी साधारण नारी कसरी बेचिन पुग्छन् ?, अनि कस्तो नारकीय यातनाको सिकार बन्न पुगेका छन् ?, साथै नारकीय जीवन बिताउन बाध्य भएका छन् भन्ने डरलाग्दो शृंखला नै छ । सरल तर निकै मार्मिक मुटु नै छुने घटना छन्। आँखा रसाउने निकै दु:खद् समय गुजारेकी सुनिता एक उदाहरण नै हुन्। उनमा यति धैर्य र साहस छ कि आदर्श नारी हुन् उनी। प्रेरणाकी खानी हुन् उनी। सुनिता काँडाको जीवन बिताएर आज फूलमा जीवन बिताउँदै छिन् । सयौं राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मानले परिचित सुनिता दनुवार पीडित नारीका लागि एक आगोको मुस्लो पनि हुन्। आँसुको शक्ति कहिल्यै ननिभ्ने समाज परिवर्तनको एक ज्वाला हो। १२ सयभन्दा बढी बेचबिखनमा परेका चेलीलाई उद्धार गरी जीवन बचाएकी छन् उनले। जीवनदेखि हार्नु हुन्न, जीवनलाई पुनर्निर्माण गर्न सकिन्छ भन्ने पाठ पनि उनीबाट सिक्न सकिन्छ ।

एन फ्र्याङ्कको डायरी
एन फ्र्याङ्कको डायरी बीसौं शताब्दीकै सबैभन्दा प्रख्यात डायरी हो । १२ जुन १९२९ मा जन्म लिएकी उनले आफ्नो डायरीको पहिलो पानामा लेखेकी छन्, ‘आजसम्म कसैलाई भरोसा गर्न सकेकी छैन। आशा छ, तिमीलाई विश्वास गरेर आफ्ना सारा रहस्य बताउन सक्छु। तिमी मेरो ठूलो सहारा हुनेछौ ।’ एक किशोरीको आँखाबाट प्रेम, जीवन अनि युद्ध त्रासदीको जीवन्त संरक्षण गरिएको यो पुस्तक ६० भाषामा विविध संस्करण आइसकेका छन् । आफ्ना भावना चिच्याएर कहनुभन्दा कानेखुसी गर्न सजिलो हुन्छ भनेर आफूलाई कागजमा अभिव्यक्त गरिएको छ। पुस्तकमा उनले पटकपटक बुवा, आमा, दिदी मार्गी र आफूसहित मान डान परिवारमक अगस्टे हरमान, पिटर र दन्त चिकित्सक अल्वर्ट डुसेलको चर्चा गरेकी छन् ।

सन् १९४२ जुलाई ५ मा एनको दिदी मार्गीलाई जर्मनको श्रम शिविरमा जान नाजी सिपाहीको उर्दी आउँछ। अनि सुरु हुन्छ उनको परिवारको दुई वर्ष भूमिगत जीवन। १९४२ जुन १२ मा ऐनले लेख्न सुरु गरेको डायरी सन् १९४४ अगस्ट १ मा अन्त्य भएको थियो । जतिबेला पनि समातिने र मारिने भय, खानेकुराको संकट, बाहिरी संसारबाट सम्पर्कविहीन भएर बस्नुपर्दाको अवस्था आफैंमा भयावह त छँदैछ । जर्मन गुप्तचर प्रहरी गेष्टापोले गुप्तवास पत्ता लगाए र ऐनको परिवारलाई सन् १९४४ अगस्ट ४ मा पक्राउ परे। पछि आम्सटर्डमको जेल उत्तरी हल्यान्डको वेस्टवोक श्रमशिविर हुँदै पोल्यान्डको अस्विच बन्दी शिविरमा पठाइयो। त्यस क्रममा परिवारका महिला र पुरुषलाई अलग पारियो। त्यसपछि त परिवारको कहिल्यै पुनर्मिलन भएन। फ्र्याङकको डायरीको भाषा हिउँदको नदीजस्तो सुकिलो भएर बगेको छ । वास्तवमा यो डायरी एन फ्र्याङ्कको आत्मालाप हो। डायरी पढ्दा उनको कलामा रहेको अद्भुत मसी अनुभूत हुन्छ । बीसौं शताब्दीको अमर रचनाका रूपमा प्रख्यात थियो यो डायरी।

आङ सान सुकी : स्वतन्त्रता सेनानी
नोबेल शान्ति पुरस्कार आङ सान सुकीको जन्म १९४५ जुन १९ मा भएको हो । पाँच परिवारकी एक्ली छोरी सुकी देश, जनता र प्रजातन्त्र अनि मानवअधिकारका लागि त्याग र संघर्ष गरेकै कारण विश्वभर परिचित छन् । सुकीलाई कुनै बेला मानवअधिकारकी प्रतिमूर्ति मानिन्थ्यो। उनले सैन्य शासनविरुद्ध लामो समय संघर्ष गरेकी थिइन्।

बुद्ध दर्शन र आदर्शबाट प्रभावित सुकी देशलाई संकटमुक्त गर्न सबै चिन्तन गरिरहन्थिन्। दर्शन, संस्कृति र राजनीतिमा नेपाल र सुकीको सम्बन्ध गहिरो छ । सैनिक शासनको विरोधमा प्रजातान्त्रिक आन्दोलन चर्किरहेको बेला ऐतिहासिक जनसभालाई सम्बोधन गर्ने क्रममा सुकीले आफू राजनीतिमा प्रवेश गरेको घोषणा गरेकी थिइन्। प्रजातन्त्र, नवअधि कार र शान्तिप्रतिको आस्था र निष्ठाको कदर गर्दै उनलाई सन् १९९१ मा नोबेल शान्ति पुरस्कार दिइयो । पुरस्कार पाउँदा उनी घरमै नजरबन्द थिइन् । उनी प्रजातन्त्रका लागि अघि नबढेकी भए बर्मा अझै अन्धकारमा बाँचिरहेको हुन्थ्यो । बर्माको त्यो संघर्ष, दु:ख र समस्या नयाँ पुस्ताका नेपालीलाई दन्त्यकथा लाग्न सक्छ ।

नसरिनको टाउकोको मूल्य पाँच लाख
तसलिमा नसरिनको जन्म २५ अगस्ट १९६२ मा स्दुल आराको कोखबाट बंगलादेशको मैमनसिंह नगरमा भयो। सन् १९९० मा आफ्नो भूमि बंगलादेश छोडेर युरोप र अमेरिका गइन्। उनी स्वतन्त्रता र मानवअधिकारको वकालत गर्छिन् । उनको विचार क्रान्तिकारी नारीवाद थियो । उनका तीनवटा विवाह असफल भएपछि विवाह गरिनन्, नि:सन्तान बसिन् ।  उनको उपन्यास ‘लज्जा’ मा हिन्दू परिवारमाथि मुसलमान कट्टरपन्थीले आक्रमण गरेको र उनीहरूले देश छोड्ने निर्णय गरेको कथा छ। इस्लाम धर्मको आलोचनात्मक समीक्षा गरेकाले नै उनले धेरै पटक शारीरिक र अन्य किसिमका आक्रमण झेल्नु पर्‍यो। यस्तै विभिन्न कारणले १९९३ मा इस्लामिक सैन्य परिषद् नामको कट्टरपन्थी समूहले उनको मृत्युका लागि इनाम घोषणा गर्‍यो। एउटा उग्रवादी गिरोहले उनलाई मृत्युदण्ड नदिउन्जेल ढाकामा हजारौं विषालु सर्प छोड्ने कुरा पनि गर्‍यो। त्यसपछि उनी दुई महिना गुप्तवास बसेर १९९४ मा स्विडेन पलायन भइन्। उग्रकट्टरपन्थीले उनलाई जिउँदै जलाउने धम्की दिए । २००४ मा उनी पश्चिम बंगालको राजधानी कोलकाता आइन्। सन् २००७ मा अल इन्डिया मुस्लिम पर्सनल बोर्डले उनको टाउको काट्नेलाई पाँच लाखको पुरस्कार घोषणा गर्‍यो। त्यहाँ नसरिनले माफी माग्नुपर्ने, आफ्ना सबै पुस्तक जलाउनुपर्ने र देश छाड्नुपर्ने भनी तकिर रजा खानले उल्लेख गरे । उनले भारत छोड्न बाध्य हुनुपर्‍यो ।

मलाला अर्थात् दु:खकी प्रतिमूर्ति
१९९७ मा पाकिस्तानको खैबर परन्तुनख्वा प्रान्तको स्वातमा मलालाको जन्म भयो । ब्लगर महिला अधिकार कार्यकर्ता तथा शिक्षाविद् मलाला युसुफजई सन् २०१४ को नोबेल शान्ति पुरस्कार प्राप्त गर्न सफल भइन्। मलाला नोबेल पुरस्कार पाउने हालसम्मकै सबैभन्दा कम उमेरकी व्यक्ति हुन् । स्वात उपत्यकामा तालिवानले केटीहरूलाई विद्यालय जान प्रतिबन्ध लगाएको समयमा महिला तथा शिक्षाका लागि वकालत गरेका कारण चर्चामा आएकी थिइन्। मलालाले २०१० मा पाकिस्तानमा आएको भूकम्प, २०११ मा सिरियामा भएको संघर्ष तथा २०२० मा मलाला युसुफजईले महिला शिक्षाका लागि चलाएको अभियानको मूल्यांकन गरे।  

संसारभरका युवतीलाई आफ्नो अधिकारको रक्षाका लागि लड्न प्रेरित गरेकी छन् । नारी शिक्षा अधिकार हो, कसैको दया होइन भन्ने विषयलाई स्थापित गरी आवाज उठाउँदै गर्दा आवाज दबाउने प्रयास जारी त थियो। तर, ऊ नरोकीकन हिम्मतको साथ आतंकको छायाँमुनि रहेर अन्य नारीको शिक्षाका लागि बुलन्द आवाज उठाई संसारभर चर्चित बन्न पुगिन् । ‘एउटा बच्चा, एउटा शिक्षक, एउटा किताब र कलमले दुनियाँ बदल्न सक्छ’ भन्ने अवधारणालाई उनले अगाडि बढाइन्। अमेरिकी राष्ट्रपति बाराक ओबामासँग मलालाले सिधै भनेकी थिइन्, तपाईंले अफगानिस्तानमा बन्दुकको साटो कलम पठाउन थाल्नुस्। आतंकको छायाँमुनि रहेर आफ्ना लागि मात्र नभएर उनले अन्य नारीको शिक्षाका लागि बुलन्द आवाज बनाइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.