नयाँ वर्षमा पोखरामा लाखौं पर्यटक

नयाँ वर्षमा पोखरामा लाखौं पर्यटक

पोखरा : अंग्रेजी नयाँ वर्ष २०२२ लाई स्वागत गर्न पोखराको लेकसाइडमा भएको सडक महोत्सवमा अहिलेसम्मको धेरै पर्यटक सहभागी भएका छन्। रेस्टुरेन्ट एन्ड बार एसोसियन (रेवान) पोखराको आयोजनामा भएको २३ औं सडक महोत्सवमा अहिलेसम्मकै धेरै ३ लाखको सहभागिता रहेको आयोजकले बताए। 

डिसेम्बर महिनाको ३०, ३१ र सन् २०२२ को पहिलो दिनसम्म तीन दिनमा आन्तरिक, विदेशी र पोखरेलीसमेत गरेर ६ लाखले अवलोकन गरेको रेवान पोखराका उपाध्यक्ष तथा महोत्सवका संयोजक नरेश भट्टराईले बताए। न्यूइयर इभ डिसेम्बर ३१ (१६ गते) को दिउँसो १ बजेदेखि भोलिपल्ट बिहान ४ बजेसम्म महोत्सव स्थलको ३ किलोमिटर क्षेत्रमा २ लाखको सहभागिता रहेको उनले बताए। अरु दिन १ लाख गरी ३ लाख बढीको सहभागिता रहेको बताइएको छ। 

कोभिडले थला परेको पर्यटन उद्योग कोरोना विरुद्धको खोप लगाएपछिको सडक महोत्सवमा आन्तरिक र बाह्य पर्यटकको सहभागिताले पर्यटन व्यवसायीलाई उत्साहित बनाएको रेस्टुरेन्ट एन्ड बार एसोसियसन (रेवान) पोखराका अध्यक्ष लक्ष्मण बरालले बताए। पोखरालाई अंग्रेजी नयाँ वर्ष मनाउने गन्तव्य स्थलको रुपमा विकास गर्न २२ वर्ष अघि अग्रजहरुले सुरु गरेको अभियान सफल हुँदै गएको बरालले बताए। 

सडक महोत्सवका परिकल्पनाकार गणेशबहादुर भट्टराईले पोखरामा रहेका पर्यटक पनि भारतको गोवामा नयाँ वर्ष मनाउन जाने अवस्था अन्त्य गरी पोखरामै नयाँ वर्ष मनाउने गन्तन्य स्थलको रुपमा अघि बढेको महोत्सवले सफलता पाउँदै गएकोमा खुशी लागको बताए। 
विदेशी पर्यटक अझै धेरै आकर्षण गर्न र क्वालिटी अपग्रेट गरेर पारिवारिक वतावारण बनाउनतर्फ पनि ध्यान दिनु पर्ने आयोजक संस्था रेवानका पूर्व अध्यक्षसमेत रहेका भट्टराईले बताए। 

केरोनाले थला परेको पर्यटन उद्योगलाई महोत्सवमा पर्यटकको उत्साहाजनक सहभागिताले उत्साहित बताएको पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले बताए। कोभिडको कारण अझै पनि बन्द रहेको होटल रेस्टुरेन्ट खोल्न व्यवसायीलाई थप प्रेणा मिल्ने गरी पर्यटकको उपस्थिति रहेको रेवानका पूर्व अध्यक्षसमेत रहेका परिषदका अध्यक्ष भट्टराईले बताए। 

न्यूइयर इभमा पोखरा र सेरोफेरोका होटल भरिभराउ

सन् २०२१ को अन्तिम दिन डिसेम्बर ३१ (न्यूइयर इभ) पोखरा र सेरोफेरोका होटल पनि भरिभराउ भएको व्यवसायीले बताएका छन्। 
न्यूइयर इभको दिन शुक्रबार पोखराको लेकसाइडको साथै लेखनाथ, सराङ्कोट, धम्पुस लगायतका क्षेत्रमा समेत होटल भरिभराउ भएको व्यवसायीले बताएका छन्। इभको दिन लेकसाइडका ८० प्रतिशतभन्दा बढी होटलमा अकुपेन्सी रहेको पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष लक्ष्मण बरालले बताए। 

महोत्सवको पहिलो दिन ३० प्रतिशत अकुपेन्सी रहेको मा दोस्रो दिन १७ गते ५० प्रतिशत रहेको पनि उनले बताए। तीन दिने महोत्सव सकिएपछि अहिले १५ प्रतिशतको हाराहारीमा अकुपेन्सी रहेको उनले सुनाए। महोत्सवमा भारतीय पर्यटकको पनि सहभागिता धेरै रहेको छ। १२ प्रतिशतभन्दा बढी भारतीय पर्यटक रहेको पनि उनले बताए। बाँकी ३ प्रतिशत अन्य देशका पर्यटकको महोत्सवमा सहभागिता रहेको पनि उनले सुनाए। 

नयाँ वर्षको इभको दिन पोखराको लेखनाथका होटलहरु पनि भरीभराउ भएको लेखनाथ होटल तथा रेस्टुरेन्ट एसोसियसनका पूर्व अध्यक्ष दामोदर भक्त थापाले बताए। पोखराको लेकसाइडमा भएको सडक महोत्सवले बेगनालता किनारको होटलमा पनि पर्यटक भरिभराउँ भएको उनले सुनाए। लेखनाथमा पनि अंग्रेजी नयाँ वर्ष मनाउन आउने क्रम बढेको पनि उनले बताए। कास्कीको माछापुच्छ्रे गाउँपालिका धम्पुसमा पनि नयाँ वर्ष मनाउन जाने आन्तरिक पर्यटक राम्रो संख्यामा आएको माछापुच्छ्रे गाउँपालिका ७ धम्पुसका वडा अध्यक्ष समबहादुर गुरुङले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.