टाइगर कप आमन्त्रित भलिबल प्रतियोगिता, त्रिभुवन आर्मीका दुबै टोली विजयी
पोखरा : दोस्रो संस्करणको टाईगर कप आमन्त्रित क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा मंगलबार भएको खेलमा त्रिभुवन आर्मी क्लबका महिला तथा पुरुषतर्फका दुबै टालीले अर्को विभागीय टोली सशस्त्र प्रहरीका एपीएफलाई पराजित गरेको छ।
पोखरा रंगशालाका भलिबल कोटमा भएको पुरुषतर्फको खेलमा त्रिभुवन आर्मी क्लबले अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबलाई २५—१६, २२—२५, २५—१५ र २५—२१ ले जित निकाल्यो। विभागीय डबी प्रतिस्पर्धामा त्रिभुवन आर्मीसँग सशस्त्र प्रहरी बल ३—१ को सेटमा पराजित हुँदै उपाधि होडबाट लगभग बाहिरीएको छ।
यसैगरी अर्को खेलमा नेपाल पुलिस क्लबले डिफेण्डिङ च्याम्पियन गण्डकी प्रदेशलाई सोझो ३—० सेटमा जित निकालेको छ। पुलिसले गण्डकीलाई २५—२२, २५—१८, २५—२० मा जित निकालेको हो। सोमबारको खेलमा नेपाल पुलिस क्लबले हेल्प नेपाल स्पोर्टस क्लबलाई पराजित गरेको थियो। गण्डकीले पहिलो खेलमा अग्रता जोगाउन नसक्दा २०—१८ को स्थिततिमा रहेको गण्डकीले २२—२५ ले पुलिसलाई सुम्पिएपछि दबावमा परेको थियो।
महिलातर्फको प्रतिस्पर्धामा त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरीको एपीएफ क्लबलाई १८—२५, २५—१९, २५—२० र २५—१४ मा जित निकालेको हो। उत्कृष्ट खेल प्रदर्शन गरेको त्रिभुवत आर्मीले सशस्त्र प्रहरी बलमाथि पुनरागमन जित निकालेको हो। पहिलो सेत १८—२५ मा सशस्त्रलाई सुम्पिएको आर्मीले लगातार दोस्रो, तेस्रो र चौथो सेटमा जित आत्मसात गर्याे।
होम मेदानमा टाईगर ग्रुप अफ पोखराले आप्नो पहिलो खेल सुखद बनाउन सकेन। न्यु डायमण्ड स्पोर्टस क्लबले आयोजक टाइगर ग्रुपलाई सोझो ३—० सेटमा जित निकालेको हो। न्यु डायमण्डले २५—१९, २५—१३, २५—१६ मा जित निकाल्यो। खेलमा न्यु डायमण्डकी प्रतिमा माझी बेस्ट प्लेयर घोषीत भइन्। यसै गरी न्यु डायमण्डकै सलिना श्रेष्ठ बेष्ट डिफेण्डर भइन्।
राउण्ड रोविन लिगको आधारमा सञ्चालन भएको प्रतियोगितामा महिला र पुरुष गरी १० टिमको सहभागिता छ। प्रतियोगितामा महिलातर्फ विभागिय टिमहरुमा नेपाल आर्मी क्लव, नेपाल पुलिस र शसस्त्र प्रहरीबल, न्यु डायमण्ड र आयोजक संस्था टाइगर ग्रुप अफ पोखरा नेपाल रहको छ। आयोजकको टिममा नेपाल महिला भलिबलकी क्याप्टेन अरुणा शाहीको नेतृत्वमा श्रीलंकका महिला भलिबलका क्याप्टेन सहित ३ जना खेलाडीहरूको सहभागिता रहेकोछ। त्यस्तै पुरुषतर्फ गण्डकी प्रदेश, विभागिय टिमहरू नेपाल आर्मी क्लव, नेपाल पुलिस क्लव र शसस्त्र प्रहरीबल, टिप टप हेल्प नेपाल स्पोर्टस क्लवको टिम रहेका छन्।
प्रतिक्रिया दिनुहोस !