सबै आ-आफैं उम्मेदवार बनेपछि म अलग्गीएर बस्न बाध्य भए : कांग्रेस नेता पौडेल

सबै आ-आफैं उम्मेदवार बनेपछि म अलग्गीएर बस्न बाध्य भए : कांग्रेस नेता पौडेल

स्याङ्जा : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्याङ्जा कांग्रेसका नेता तथा कार्यकर्तालाई २ वटा प्रश्नको उत्तर खोज्न आग्रह गरेका छन। नेपाली कांग्रेस स्याङ्जाद्धारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता पौडेलले नेपाली नागरिकलाई आशावादी बनाउने सन्देश के हुन्? र, अन्र्तघातबाट कसरी मुक्त पाइन्छ? भन्ने बारे उत्तर खोज्न सुझाव दिए। 

गण्डकी प्रदेशका शिक्षा तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठका बुवाको निधनको समवेदना दिन बिहीवार भीरकोट आएका बेला आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले धेरै अघिदेखि सन्त नेता कृष्णप्रसाद भट्टराईलाई हराउनेदेखि सुरु भएका अन्र्तघातका कारण अब खोजी हुन जरुरी रहेको उनले बताए। 

आफूअहिले जवाफ दिने ठाउँमा नरहेको र समग्र नेता तथा कार्यकर्ताले यसका जवाफ खोज्नुपर्ने समय आएको उनको भनाई छ। ‘चौधौं महाधिवेशनको मिशन रुपान्तरणको बनायौं। रुपान्तरण गरौं भन्नेहरु नै सबै आ-आफैं उम्मेदवार बनेपछि म अलग्गीएर बस्न बाध्य भए।’ उनले थपे,‘रुपान्तरणको विषयमा प्रश्न उठ्न थालेपछि इमान्दारितापूर्वक अलग भएँ। 

पार्टीको आन्तरिक निर्वाचनमा जितहार जे भए पनि अबदेखि आपसी सदभाव कायम राख्दै अघि बढ्नुको विकल्प नरहेकोमा उनको जोड छ। महाधिवेशन सकिए पनि ठूलठूला चुनौतीका पहाडहरु हाम्रा सामु खडा छन्। नेपाली कांग्रेस कठिन चुनौतीको घडीमा छ। उनले अगाडि भने,‘लोकतन्त्रको लडाई अझैं जारी छ।’

कार्यक्रममा नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापा, सचिव दामोदर लम्साल लगायतले जिल्लामा कांग्रेसको सुदृढीकरणका लागि विशेष अभियानका साथ अघि बढ्ने बताए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.