आहा रारा गोल्ड कप : नेपाल पुलिस क्वाटरफाइनलमा

आहा रारा गोल्ड कप : नेपाल पुलिस क्वाटरफाइनलमा

पोखरा : हिमालयन शेर्पा क्लबलाई सडन डेथमा पराजित गर्दै नेपाल पुलिस क्लब २० औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। पोखरा रंगशालाको फुटबल मैदानमा शुक्रबार भएको खेलमा निर्धारित समयमा दुबै टोलीको बराबरी १—१ गोल भएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। 

अतिरिक्त समयमा दुवै टोलीबाट कुनै गोल हुन नसकेपछि खेल ट्राइब्रेकरमा धकेलियो। यो समयमा दुवै टोलीको समान १-१ गोलको प्रहार खेर गएपछि खेल सडन डेथको दोस्रो चरणमा पुगेको थियो। यो समयलाई भने पुलिसले सदुपयोग गर्‍यो र जित हासिल गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो। टाइब्रेकरमा पहिलो प्रहार गरेका नेपाल पुलिस क्लबका तीर्थबहादुर रानाले कुनै गल्ती नगरी बललाई जाली चुमाए। त्यसपछि आएका नीरकुमार राई र सुमन सुवेदीले पनि गोल गरे। हिमालयन शेर्पाका तर्फबाट पहिलो प्रहार गर्न आएका उलरिच सिवेको प्रहार पोस्टमा लागेर फर्केको थियो। त्यसपछि आएका त्रिदेव गुरुङ र आशिष गुरुङले गोल गरे। 

नेपाल पुलिसका कपिल ढकाल आफ्नो टोलीबाट गरेको चौथो प्रहार पोस्टभन्दा धेरै उचाइबाट बाहिरिएपछि हिमालयन शेर्पाका लागि पिस्टोने मुताम्बाले कुनै गल्ती नगरी बललाई जाली चुमाएर खेल बराबरीमा ल्याए। त्यसपछि प्रहार गर्न आएका पुलिसका भोला सिलवालले गोल गरे भने उता शेर्पाका कप्तान विश्वास श्रेष्ठले पनि बललाई जाली चुमाए। 

सडन डेथमा पुलिसका बुद्ध तामाङ र शेर्पाका जीवन गुरुङले पनि कुनै गल्ती नगरी बललाई जाली चुमाए। आफ्नो टोलीबाट ७ नम्बरमा बल प्रहार गर्न आएका पुलिसका राम बाजीले गोल गर्दा हिमालयन शेर्पाका पूर्णबहादुर गुरुङले प्रहार गरेको बल वैकल्पिीक गोलरक्षकका रूपमा प्रवेश गराएका पुलिसका गोलरक्षक रोशन खड्काले विफल पारेपछि पुलिसले क्वाटरफाइनलमा मनाङसँगको भेट पक्का गरेको हो। खेल प्यानल्टीमा धकेलिने भएपछि खेलका अतिरिक्त समयको अन्तिम समयमा खड्कालाई मैदानमा प्रवेश गराइएको थियो। 

यसअघि खेलको ५३ औं मिनेटमा पुलिसका नीरकुमार राईले गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाए। तीर्थ रानामगरले दिएको पास बललाई राईले गोलमा परिणत गरेका थिए। १—० ले पछि रहेको अवस्थामा हिमालयन शेर्पाका कप्तान विश्वास श्रेष्ठले गोल गर्दै खेललाई १—१ को बराबरीमा पुर्‍याएका थिए। खेलमा हिमालयनले पाएका अवसर गोल गर्नबाट चुकेको थियो। खेलका ६४ आंै मिनेटमा शेर्पाका कप्तान विश्वासको प्रहार पुलिसका गोलरक्षक सञ्जित श्रेष्ठले उत्कृष्ट बचाउ गरेका थिए। खेलमा पुलिसका गोलरक्षक रोशन खड्का भए। 

आहा रारा गोल्ड कपअन्तर्गत शनिबारको पहिलो क्वाटरफाइनल खेल नेपाल एपीएफ फुटबल क्लब र अमेरिकाको बीवाईएससी मिनेसोटाबीच हुनेछ। खेलपछि प्रतिक्रिया दिँदै हिमालयन शेर्पाका प्रशिक्षक मित्रबहादुर बस्नेतले आफ्ना खेलाडीले राम्रो खेल प्रदर्शन गरे पनि पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा हार बेहोर्नु परेको सुनाए। नेपाल पुलिसका प्रशिक्षक अनन्त थापाले अव आउने खेलमा थप सुधार गर्दै उपाधि उचाल्ने लक्ष्यका साथ अघि बढ्ने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.