सुनसान लेकसाइडमा चिनियाँ नयाँ वर्ष

सुनसान लेकसाइडमा चिनियाँ नयाँ वर्ष

पोखरा : कोरोना संक्रमण अघिको वर्षसम्म पोखरामा यति बेला चिनियाँ पर्यटकले भरिभराउ हुन्थ्यो। नयाँ वर्षको छुट्टीमा पोखरा चिनियाँ पर्यटकको गन्तव्यस्थल बन्दै गएपछि युरोपीयन, अमेरिकन पर्यटक कम आउने भएकोले अफसिजन मानिएको अंग्रेजी महिनाको जनवरी, फ्रेब्रुवरी, मार्च महिना चिनियाँ पर्यटकले चलायमान बन्न थालेको थियो। 

यसैले पोखराको लेकसाइडमा चिनियाँ पर्यटकलाई लक्षित गरी होटल, रेष्टुरेण्ट सञ्चालनमा चिनियाँ आकर्षण बढेको थियो। पोखरामा ११ वटा चिनियाँ लगानीका रेष्टुरेर र त्यति नै संख्यामा चिनियाँ लगानीका होटलहरु सञ्चालनमा थिए। कोरोना संक्रमण पछि पनि धेरै चिनियाँ पर्यटन व्यवसायीहरु पर्यटन उद्योगले पुन गतिलिने विश्वासमा होटल तथा रेष्टुरेण्ट सञ्चालन गरिरहेका छन्। 

कोरोना संक्रमण अघि चिनियाँ नयाँ वर्षमा पोखरामा नयाँ वर्ष महोत्सव नै हुने गरेको थियो। सुरुमा पोखरा उद्योग वाणिज्य संघको हलबाट सुरु भएको नयाँ वर्षको कार्यक्रम पछिल्लो समयमा लेकसाइडमा खुला रुपमा चिनियाँ सांस्कृतिक कार्यक्रम, नृत्य, गीत, संगीत गरेर नयाँ वर्ष मनाउने गरिन्थ्यो। 

नयाँ वर्ष महोत्सवको कार्यक्रम ओभरसिज चाइनिज एशोसियसनले गर्दै आएको थियो। पछिल्लो समयमा होटल संघ, रेवान पोखरा, टान, नाटा, पोखरा पर्यटन परिषद् लगायतका पर्यटन व्यवसायीका संघ संस्थाको सहकार्यमा चिनियाँ नयाँ वर्ष मनाउन थालिएको थियो। 

कोरोनापछि भने चिनियाँ पर्यटन व्यवसायी आफैँ साथीभाइ भेला भएर नयाँ वर्ष मनाउने गरेका छन्। सिमित संख्यामा साथी भाइ भेला भएर नयाँ वर्ष मनाउने गरेको ओभरसिज चाइनीज एशोसियसन पोखराका अध्यक्ष झानले बताए। कोरोना संक्रमण पछि फाट्टफुट्ट मात्रमा आन्तरिक पर्यटक रेष्टुरेण्टमा आउने बाहेक चिनियाँ पर्यटक शुन्य नै रहेको दि ओल्ड लनहुवा रेष्टुरेण्टका म्यानेजर दावा शेर्पाले बताए। 

कोरोनाअघि भने चिनियाँ पर्यटकले नै ८० जनासम्म अट्ने रेष्टुरेण्ट भरिभराउ हुने गरेको उनले बताए। अहिले भने चिनियाँ नयाँ वर्षमा नेपाली दाजुभाइ आए मात्र अरु विदेशी सुन्य जस्तै रहेको बताए। 

कोरोना संक्रमण नियन्त्रण गर्न दोस्रो पटक लगाइएको लकडान हटेपछि दशैंदेखि पर्यटन उद्योग चलायमान भएको र अंग्रेजी नयाँ वर्षको दुई दिन ८० प्रतिशतसम्म अकुपेन्सी रहेकोमा पछिल्लो समय फेरि नयाँ भेरियन्टका कोरोना फैलिएपछि पर्यटन उद्योग फेरि ठप्प भएको पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी बहादुर भट्टराईले बताए। 

पछिल्लो समयमा अंग्रेजी महिनाको जनवरी १५ देखि पर्यटन उद्योग शुन्यमा झरेको रेवान पोखराका उपाध्यक्ष तथा होटल माउण्ट कैलाशका संञ्चालक नरेश भट्टराईले बताए। यो समय चिनियाँ पर्यटकल भरिभराउ हुने थालेको थियो। कोभिड पछि भने चिनियाँ पर्यटक विदेश यात्रा नै रोकेकोले सुनसान भएको उनले सुनाए। पर्यटन उद्योग फेरि चलायमान हुने र गतिलिने विश्वासमा २५ करोड लगानीमा थप २२ कोठा बनाउन लागेको भट्टराईले बताए। ५१ कोठाको होटल सञ्चालन गरिरहेका भट्टराईले थप सभाहल, अण्डरग्राउण्ड पार्किङ सहितको सेवा विस्तार गर्न लागको बताए।

पोखरामा भूकम्प अघि चिनियाँ व्यवसायीको आकर्षण निकै बढेको थियो। नयाँ नयाँ चिनियाँ व्यवसायीहरु पनि लगानी गर्न होटल तथा रेष्टुरेण्टकालागि व्यवसायीक भवन खोजीरहेका थिए। भुकम्पपछि फर्केका चिनियाँहरु केभिड अगाडी फेरि लगानी गर्न खोजीरहेको बेलामा कोराना संक्रमणले विथोलिएको पर्यटन व्यवसायी बताउँछन्। चिनियाँ लगानीमा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्दै गरेकोले पनि चिनियाँ व्यवसायी पछिल्लो समयमा व्यसायमा आकर्षित हुँदै गएको हुन सक्ने पोखराका व्यवसायीले बताएका छन्। पोखरामा प्याराग्लाइडिङ, अन्नपूर्ण पदायत्रा क्षेत्रमा जान र हनीमुनकालागि पनि जोडी आउने गरेका थिए। कोभिडले भने चिनियाँ पर्यटक आगमनमा ठप्पक रहेको व्यवसयीले बताएका छन्। 

नेपालमा सन् २०२० मा १९ हजार २ सय ५७ जना चिनियाँ पर्यटक आएका थिए।  सन् २०२१ म घटेर ६ हजार  १ सय ९६ मा सिमित भएको थियो। कोरोना पछि भेन चिनियाँ पर्यटक आगमन ठप्प रहेको व्यवसायीले बताएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.