आफैँले नेतृत्व गरेको प्रदर्शनकारीको ढुंगा लागेर दुई वडाध्यक्ष घाइते

आफैँले नेतृत्व गरेको प्रदर्शनकारीको ढुंगा लागेर दुई वडाध्यक्ष घाइते

राजविराज: आफ्नै नगरपालिकाको कार्यालयमा आइतबार तालाबन्दी गर्न गएका सप्तरीको सप्तकोशी नगरपालिकाका एक वडा अध्यक्षको टाउको फुटेको छ।

नगरपालिका कार्यालयमा तालाबन्दी गर्न गएका संघीय सत्ताका गठबन्धन दललाई सुरक्षाकर्मीले तालाबन्दी गर्न रोकेपछि उनीहरूले गरेको ढुंगामुढाबाट वडा नम्बर ४ का वडा अध्यक्ष बद्रीनारायण चौधरी र वडा नम्बर ९ का स्थानीय किसान यादव घाइते भएका हुन्।

प्रदर्शनकारीहरूले पछाडिबाट प्रहार गरेको ढुंगा लागेर अग्रपक्तिमा रहेका चौधरी र यादव घाइते भएका हुन्। चौधरीको टाउकोमा र यादवको नाकमा चोट लागेको छ। घाइते दुबै जनाको स्थानीय फत्तेपुर पोलिक्लिनिकमा उपचार भइरहेको छ। 

संघीय सरकारमा सामेल गठबन्धन दलका प्रदर्शनकारीहरूले गरेको ढुंगा प्रहारबाट नगरपालिका कार्यालयको सिसाहरू तोडफोड भएको छ। सुरक्षा निकायको बाक्लो उपस्थितिपछि प्रदर्शनकारीहरू नगरपालिका अगाडि नाराजुलुस गर्दै बसेका छन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टी संयुक्तरुपमा संघर्षमा उत्रिएका छन्। गठबन्धनले बिहीबार सप्तकोसी नगरपालिकाको नगर प्रमुखको कार्यकक्ष, योजना प्रमुखको कार्यकक्ष, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष, लेखा शाखा र प्राविधिक शाखामा ताला लगाएको थियो। 
वार्ताका लागि बोलाए पनि नआएको भन्दै नगरपालिका प्रशासनले शुक्रबार प्रहरी, प्रशासन र स्थानीयवासीको रोहवरमा ताला खोलको थियो। संघर्ष समितिले लगाएको ताला नगरपालिकाले खोलेपछि आन्दोलनरत गठबन्धनले पुनः आइतबार नगरपालिका कार्यालयमा तालाबन्दी गर्न जादा सुरक्षा निकायले रोकेको थियो।

प्रदर्शनकारीहरूले सप्तकोसी नगरपालिकाको आन्तरिक लेखा परीक्षण र कोभिडको खर्च विवरण, राष्ट्रिय मावि फत्तेपुरको भवन निर्माणको ठेक्का प्रक्रिया र अङ्ग्रेजी माध्यम कक्षा सञ्चालन खर्च व्यवस्थापनको विवरण उपलब्ध गराउनुपर्ने, आर्थिक वर्ष २०७८-०७९ मा नगरभित्रका सम्पूर्ण ११ वटै वडाका योजनाहरू कार्यान्वयन हुनुपर्नेसहित ६ बुँदे माग राखेका छन्।

नगरपालिकाले आफूखुसी ताला खोलेर द्वन्द निम्ताएको संघर्ष समितिको भनाइ छ। खर्च विवरण दिन नगरपालिका हमेसा तयार रहेको जानकारी दिँदै नगर प्रमुख उत्तमकुमार शर्माले कार्यपालिका बैठकले निर्णय गरेर आन्दोलनरत पक्षलाई वार्तामार्फत् समस्या समाधान गर्न पटक-पटक मौखिक र अन्तत लिखितरुपमै बोलाए पनि नआएको जानकारी दिए। वार्ताबाट समाधन हुने परिस्थितिमा कार्यालयमा ढुंगामुढा गरी नियोजितरुपमा क्षति पुर्‍याउनु निन्दनीय रहेको नगरप्रमुख शर्माले बताए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.