दमौली आगलागीः करोडौंको क्षति, यकिन विवरण आउन बाँकी

दमौली आगलागीः करोडौंको क्षति, यकिन विवरण आउन बाँकी

तनहुँ :  जिल्लाको व्यास नगरपालिका ४ भोर्लेटारस्थित भुपाल हार्डवेयरको गोदामबाट अचानक सल्किएको आगोबाट करोडौंको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीबाट तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका सभापति भुपाल आलेको भुपाल हार्डवेयर र ज्योतिकुमार श्रेष्ठको ज्योति जनरल सप्लायर्समा ठूलो क्षति पुगेको छ ।

तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले करोडौंको क्षति भएको बताए । भुपाल हार्डवेयर र ज्योति जनरल सप्लायर्स मात्र १२ करोड बढीको क्षति भएको अनुमान छ। उनले भने,' अन्य साना पसल र छिमेकी घरहरुमा भएको क्षतिलाई हेर्दा २० देखि २२ करोड बढी क्षति भएको हाम्रो अनुमान हो , यकिन विवरण केहि दिनमा आउला ।'
 

प्रहरी नायब उपरीक्षक युवराज खड्काले क्षतिको यकिन विवरण संकलन भइनसकेको बताए । 'क्षतिको पुरा विवरण प्राप्त भइसकेको छैन। अहिले पनि हामी विवरण संकलनमा लागिरहेका छौँ,'उनले भने।

जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार आलेले सञ्चालन गरेको हार्डवेयर पसल र गोदाम पूर्णरुपमा क्षति भएको छ।  श्रेष्ठको ३ तले पक्की घरको पछाडिको भाग आंशिक र गोदाम पूर्णरुपमा क्षति भएको छ । हार्डवेयरबाट सल्किएको आगोले नजिकका अन्य नौ घरहरुमा समेत क्षति पुर्‍याएको छ।

स्थानीय बलराम रानाको तीन तले पक्की घरको पछाडिको भागमा आंशिक क्षति पुगेको छ ।  कृष्णबहादुर थापाले सञ्चालन गरेको तनहुँसुर मिनी मार्केटको दुईवटा सटरमा पनि क्षति पुगेको छ। । होमबहादुर गुरुङको तीन तले घरको पछाडि भागको झ्यालढोकालगायत गारोमा क्षति पुगेको छ।

यस्तै, राममाया गुरुङ,लालबहादुर गुरुङ,लिलबहादुर विक,नविन गुरुङ र दिपककुमार श्रेष्ठको पक्की घरमा क्षति पुगेको प्रहरीले जनाएको छ। सबै घरका झ्याल, चौकोस जेलका छन्।

आइतबार बिहान १० बजेबाट सुरु भएको आगो नियन्त्रणमा निकै कठिन भएको थियो। आगो नियन्त्रणका लागि काठमाडौंबाट फायर फाइटिङसहितको सिम्रिक एयरको हेलिकोप्टर आएको थियो। दमौली नजिकैको खोलाबाट पानी लगेर फायर फाइटिङ टोलीले आगो नियन्त्रणमा लिएको हो।  एक घण्टा १५ मिनेटको निरन्तर प्रयासपछि आगो नियन्त्रणमा आएको थियो। 

आगलागी नियन्त्रणका लागि व्यास नगरपालिका, पोखरा महानगरपालिका,आयन नियम पोखा र लमजुङबाट आएका दमकलको प्रयोग गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.