दमौलीमा लागेको आगो नियन्त्रणमा आउँदै

दमौलीमा लागेको आगो नियन्त्रणमा आउँदै

तनहुँ : तनहुँको व्यास नगरपालिका–४ स्थित दमौलीको भोलेटार चोकमा लागेको आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। आगो नियन्त्रणका लागि फायर फाइटिङसहितको सिम्रिकको हेलिकोप्टरले आगलागी क्षेत्रमा पानी खन्याइरहेको छ।

स्थानीय मादी नदीबाट पानी ल्याएर सिक्रिक एयरको हेलिकोप्टरले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको हो। अहिलेसम्म  बाह्र खेप (पटक) सम्म पानी ल्याएर हाल्दा पनि आगो नियन्त्रणमा आउन नसकेको अन्नपूर्ण समाचारदाता राजकुमार आलेले जानकारी दिएका छन्।

अहिले सिम्रिक एयरको हेलिकोप्टरका साथै पोखरा महानगर र व्यास नगरपालिकाको दमकलको निरन्तर प्रयासबाट आगो नियन्त्रणमा ल्याउने प्रयास जारी छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.