बेलायती महारानीसमक्ष राजदूत आचार्यले बुझाए ओहोदाको प्रमाणपत्र

बेलायती महारानीसमक्ष राजदूत आचार्यले बुझाए ओहोदाको प्रमाणपत्र

लन्डन : बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बेलायती महारानी एलिजावेथ द्वीतीयासमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन्। बिहीबार मध्यान्ह बकिङहम प्यालेसमा आयोजित विशेष समारोहबीच आचार्यले महारानीलाई ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।

कोभिडको जोखिमका कारण महारानी भने विन्डसोर क्यासलस्थित आफ्नो निवासबाटै भर्चुअल माध्यमले जोडिएर आचार्यले बुझाएको ओहोदाको प्रमाणपत्र बुझिन्। त्यसक्रममा उनले राजदूत आचार्यको कार्यकाल सफलताको शुभकामना दिँदै उनको पालामा बेलायत-नेपाल सम्बन्ध थप सुमधुर बन्ने आशा व्यक्त गरेकी थिइन्।

राजदूत आचार्यसँगको १० मिनेट लामो सम्वादमा महारानीले विगतमा आफूले दुई पटक नेपाल भ्रमण गर्दाको स्मरण गर्दै नेपालको सुन्दरताको प्रशंसा गरेकी थिइन्।

त्यस अवसरमा राजदूत आचार्यले नेपालकी राष्ट्रपति विध्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट महारानी र बेलायती जनतालाई शुभकामना सुनाएका थिए।

बेलायतको लागि नेपालको २२औँ राजदूतका रुपमा नियुक्त भएका आचार्यले गत फेब्रुअरी २३ देखि आफ्नो कार्यभार सम्हालेका थिए।

ओहोदाको प्रमाणपत्र पेस गर्न जान राजदूतका लागि बकिङहम प्यालेसबाट परम्पराअनुसार विशेष बग्गी पठाइएको थियो। पत्नीसहित राजदूत आचार्य सोही बग्गी चढेर समारोहमा भाग लिन बकिङहम प्यालेस पुगेका थिए।

बकिङहम प्यालेसको समारोहपछि राजदूत आचार्यलाई बग्गीमै चढाएर लन्डन दूतावाससम्म पुर्‍याएर छोडिएको थियो।

महारानीलाई ओहोदाको प्रमाणपत्र बुझाएर दूतावास फर्किएलगत्तै राजदूत आचार्यले एक रिसेप्सन होस्ट गरेका छन्। त्यस अवसरमा बेलायत सरकारका अधिकारी, बेलायतस्थित विभिन्न मुलुकका कूटनीतिज्ञ र नेपाली समुदायका केही प्रतिनिधि सहभागी थिए।

समारोहलाई सम्बोधन गर्दै राजदूत आचार्यले आफ्नो कार्यकालमा नेपाल-बेलायत सम्बन्ध थप सुदृढ, बलियो र बहुआयामिक बनाउने प्रतिबद्धता दोहोर्‍याए। उनले नेपालको सामाजिक-आर्थिक विकासका लागि पुर्‍याउँदै आएको सहयोग तथा हालै कोभिड महामारीका बेला प्रदान गरेको सहायताका लागि बेलायतप्रति आभार प्रकट गरे। 

आफूले पेश गरेको ओहोदाको प्रमाणपत्र बुझ्ने क्रममा महारानीले नेपालसँगको सम्बन्ध बेलायतको लागि विशेष महत्वको रहेको धारणा राखेको आचार्यले सुनाए। त्यस अवसरमा महारानीको प्रतिनिधित्व गर्दै 'मार्शल अफ कोर्ट अफ कोर्प्स’ एलिस्टर ह्यारिसनले राजदूत आचार्यलाई बेलायतमा स्वागत गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.