लन्डनदेखि पेरिससम्म च्यारिटी साइकलयात्रा गर्दै पाँच नेपाली युवा

लन्डनदेखि पेरिससम्म च्यारिटी साइकलयात्रा गर्दै पाँच नेपाली युवा

लन्डन : बेलायतस्थित युवा नेपाली अभियन्ताहरुको एक समूहले लन्डन (पेरिस च्यारिटी साइकलयात्रा गर्ने भएको छ।  हेल्प नेपाल नेटवर्क यूके, नेप्लिज युथ एशोसिएसन यूके र वुल्लिच आर्सनल राइडर्स (वार) क्लबआबद्ध पाँच युवाले आगामी मे महिनाको २० देखि २२ तारिखका लागि उक्त यात्रा तय गरेका छन्।  

हेल्प नेपाल नेटवर्क यूकेका उपाध्यक्ष प्रसिद्ध प्रधान, नेपाली युथ एशोसिएसन यूकेका अध्यक्ष लछुमन गुरुङ, सुलभ पन्त, सुशील प्रसाईं र सुनिल कार्की च्यारिटी साइकलयात्रामा जाँदैछन्। साइकलयात्रामा लन्डनदेखि पेरिससम्मको जम्मा २ सय ४५ माइलको दूरी पार गरिनेछ। 

मे २० तारिख बिहान लन्डन ब्रिजबाट शुभरम्भ हुने यात्रा मे २२ तारिखको दिउँसो पेरिसको आइफेल टावरसम्म पुगेर समापन हुनेछ।  साइकलयात्रीहरुले दैनिक ६ देखि ८ घण्टासम्म साइकिलिङ गर्ने योजना बनाएका छन्।

च्यारिटी साइकलयात्राबाट संकलित रकम हेल्प नेपाल नेटवर्कले काभ्रेको धुलिखेलमा सञ्चालन गरेको एक बालगृहलाई सहयोग गरिने हेल्प नेपाल नेटवर्क यूकेका उपाध्यक्ष प्रसिद्ध प्रधानले बताए। सन् २०१४ देखि सञ्चालित उक्त गृहमा अहिले २३ जना असहाय बालिकाहरुले आश्रय पाएका उनले सुनाए ।  

साइकलयात्रीहरुले ५ हजार पाउन्ड (करिब ८ लाख रुपैँया)  जुटाउने लक्ष्य लिएका छन्। जसका लागि ‘जस्टगिभिङ’ मार्फत् सहयोग संकलन सुरु गरिसकिएको छ। बालगृहको सहयोगका लागि गर्न लागिएको च्यारिटी साइकल यात्रामा स्वेच्छिक सहयोग गर्न र आफूहरुको हौसला बढाउन साइकलयात्रीहरुले बेलायतवासी नेपाली र संघसंस्थाहरुसँग आव्हान गरेका छन् ।  

साइकलयात्राबाट संकलन हुने पूरै रकम बाल गृहलाई प्रदान गरिने बताइएको छ । संकलित रकममा कुनै खर्च नकटाइने र साइकलयात्रीहरुले आफ्नो खर्च आफै व्यहोर्ने स्पष्ट पारेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.