प्रकृतिको कुचीकार

प्रकृतिको कुचीकार

सामान्यतया गिद्धलाई हिंसक, फोहोरी र घिनलाग्दो चराको रूपमा हेर्ने गरिन्छ। तर, सिनोमा गिद्धको लुछाचुँडी, गिद्धको चर्तिकला, आकाशमा उडिरहेका बथान र पर्यावरणीय महŒवलाई हेर्‍यौं भने त्यस्तो कदापि लाग्दैन। 

सिकारी चरा भए पनि गिद्ध आफैंले सिकार नगरी केवल मरेका जनावरको मासु अर्थात् सिनो मात्रै खान्छन्। गिद्धहरू अहिंसावादी चरा हो। यसले सिनो खाई हाम्रो वातावरण प्रदूषित, दुर्गन्धित र रोगमुक्त बनाउन मद्दत गर्छ। गिद्धलाई ‘प्रकृतिको कुचीकार’ भनिन्छ। यो पर्यावरणीय चक्र, खाद्यशृंखलाको सन्तुलन र गतिशीलताको संवाहक पनि हो। सिनोलाई गिद्धले छोटो समयमै दोहन गर्न सक्छ। यदि गिद्ध भएन भने भुस्याहा कुकुर, स्याल, मुसा आदिको संख्यामा वृद्धि हुन्छ। फलस्वरुप मानिसमा रेलिजन, प्लेग, हैजा, आउँ, झाडापखाला र पशुचौपायाहरूमा एन्थ्रेक्स, ब्रुसेलोसिस् र क्षयरोग जस्ता रोगहरूको संक्रमणले महामारीको रूप लिनसक्छ। एक अध्ययनअनुसार एउटा गिद्धले करिब ११ हजार अमेरिकी डलर बराबरको सिनो सफाइमा योगदान पुर्‍याउँछ। गिद्ध स्वस्थताको सूचक पनि हो। धार्मिक र सांस्कृतिक आस्थासँग पनि जोडिने गिद्धलाई शनि देवताको वाहनको रूपमा पुजिन्छ। 

रामायणमा रावणले सीतालाई हरण गरी लंका लैजाँदा सीतालाई जोगाउँन गिद्धले अन्तिम श्वास रहुन्जेल लडेको उल्लेख छ। नेपालमा माथिल्लो हिमाली क्षेत्रमा बस्ने तिब्बतीय मूलका लामा समुदाय मृत आफन्तको शव गिद्धलाई खुवाउँछन्। उनीहरूले गिद्धलाई मृतकको आत्मा स्वर्ग पुर्‍याउने दूतका रूपमा पुज्छन्। विश्वमा २३ प्रजाति र नेपाललगायत दक्षिण एसियामा ९ प्रजातिका गिद्धहरू पाइन्छन्। जानौं गिद्धका बारेमा केही रोचक जानकारी। 

  • गिद्ध सबैभन्दा उचाइमा उड्ने पक्षी हो। सन् १९७३ मा आईभरी कोस्टमा ३७ हजार फुटको उचाइमा गिद्ध उडेको रेकर्ड छ। 
  • सगरमाथाको उचाइभन्दा माथि उड्ने अरु चरालाई अक्सिजनको समस्या पर्छ भने गिद्ध त्यहाँ पनि उड्न सक्छ। 
  • अफ्रिकामा हरेक वर्ष मरेका जंगली जनावरको मासु र कंकाल झन्डै चार करोड टनभन्दा धेरै हुन्छ। तीमध्ये धेरैजसो गिद्धले नै खाएर वातावरणलाई स्वच्छ बनाउन मद्दत गरेको छ। 
  • महामारी फैलाउन सहयोग गर्ने जंगली कुकुर र स्यालको संख्या बढ्न नदिन गिद्धले ठूलो भूमिका खेलेको छ। 
  • गिद्धले आफ्नो भोजनको खोजीमा धेरै टाढासम्म उडान भर्छ। 

  • रपल्स नामक गिद्ध ताञ्जानियादेखि आहाराको खोजीमा केन्या हुँदै सुडान र इथोपियासम्म पुगेको दृश्यलाई संरक्षणकर्मीहरूले क्यामेरामा कैद गरेका छन्। 
  • टर्कीमा पाइने गिद्धले आफ्नै खुट्टामा पिसाब गर्छन्। वैज्ञानिकहरूको अनुमान अनुसार उसले विभिन्न रोग लाग्न नदिनका लागि खुट्टामा पिसाब गर्ने गरेको हो। 
  • दक्षिण अफ्रिकामा पाइने केप गिद्ध एकपटकमा एक हजार किलोमिटरको दूरीसम्म उडान भर्न सक्छ। 
  • विज्ञका अनुसार गिद्धले लामो दूरी तय गर्दा बिजुलीको प्रसारण लाइनलाई आधार मानेर उड्छन् । 

(विभिन्न एजेन्सीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.