पोखरा महानगरको मेयर-उपमेयर छान्न एमालेभित्र चुनाव : क-कसले गराए उम्मेदवारी दर्ता ?
![पोखरा महानगरको मेयर-उपमेयर छान्न एमालेभित्र चुनाव : क-कसले गराए उम्मेदवारी दर्ता ?](https://annapurnapost.prixacdn.net/media/albums/pokhara-uml-_20220415125304_upnhpoE4m9.jpg)
पोखरा :पोखरा महानगरपालिकाको मेयर तथा उपमेयरको उम्मेदवार छनौट गर्न एमालेमा उम्मेदवारी दर्ता भएको छ। मेयर- उपमेयरमा आकांक्षी बढेपछि एमाले पोखराले आन्तरिक चुनावबाट उम्मेदवार छान्न लागेको हो। पोखराको मेयर उम्मेदवारका लागि १२ र उपमेयरका लागि ९ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
मेयर- उपमेयरमा आकांक्षी बढेपछि एमाले पोखराले आन्तरिक चुनावबाट उम्मेदवार छान्न लागेको हो।
मेयरमा २ जना र उपमेयरमा ३ जना महिलाले उम्मेदवारी दर्ता गराएका छन्। मेयरका लागि केन्द्रीय सदस्यहरु मीनाकुमारी गुरुङ, भीम कार्की, कृष्णबहादुर थापा, राजीव पहारी र प्रदेश उपसचिव रश्मि आचार्य, प्राडा विश्वकल्याण पराजुली, पोखरा १३ का वडाध्यक्ष दर्शन लामा, नेताहरु पुष्पज्योति दुंगाना, पुष्पराज अधिकारी, दीपक पौडेल, बालसिंह काउछा मगर र सावित्री भण्डारील उम्मेदवारी दर्ता गराएका छन्।
यस्तै, विनकुमारी गुरुङ, सुष्मा पौडेल, देवका पहारी त्रिपाठी, टिकाराम पंगेनी, तेजनारायण अधिकारी, जीवन प्रसाद आचार्य, बलराम गायक, शोभामोहन पौडेल र बामदेव ढुंगानाले उमपेयरमा उम्मेदवारी दर्ता गराएका छन्। सहमति जुट्न नसकेपछि पोखरा महानगरपालिकाको मेयर तथा उपमेयर छान्न नेपाल कम्युनिस्ट पार्टी (एमाले) पोखरा महानगर कमिटीले शुक्रबार पार्टीभित्रै निर्वाचन गर्न लागेको हो।
अघिल्लो निर्वाचनमा पनि कार्यकर्ताहरुको मतका आधारमा एमालेले पोखराको मेयरमा मानबहादुर जिसीलाई चयन गरेको थियो। पोखरा महानगर कमिटी १ सय १० सदस्यीय छ। मेयर तथा उपमेयर उम्मेदार छान्न कमिटीका सदस्यले मतदान गर्नेछन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)