मुगुका सबै स्थानीय तहमा एमाले, कांग्रेसको एकल उम्मेदवारी
मुगु : जिल्लाका चारवटा स्थानीय तहमा नेकपा एमाले, नेपाली कांग्रेसले र जनता समाजवादीले एकल उम्मेदवारी दर्ता गरेका छन्। नेकपा माओवादी, एकीकृत समाजवादीले सबै पदमा गठबन्धन गरेर उम्मेदवारी दर्ता गराएका छन्।
सत्ता गठबन्धन दलहरुबीच सहमति नभएपछी छाँयानाथ रारा नगरपालिकामा नेकपा माओवादी र एकीकृत समाजवादीले गठबन्धन गरी उम्मेदवारी दर्ता गराएका छ भने नेकपा एमाले नेपाली, कांग्रेस र जनता समाजवादी पार्टीले सबै पदमा एकल उम्मेदवारी दिएका हुन्। अन्य तीन स्थानीय तहहरुमासमेत दुई दल बाहेक एमाले कांग्रेस र जसपाले सबै पदमा एकल उम्मेदवारी दर्ता गराएको ति पार्टीका नेताले बताएका हुन्।
सत्तारुढ गठबन्धन दलहरुको गठबन्धनमा नेपाली कांग्रेस माओवादी र एकीकृत समाजवादीबीच वडास्तरको भागबण्डामा सहमति नभएपछि कांग्रेसले छाँयानाथ रारा नगरपालिकामा सबै पदमा एकल उम्मेदवारी दर्ता गराएको छ। नेकपा माओवादी र एकीकृत समाजवादीले सबै पदमा गठबन्धन गरेर उम्मेदवारी दर्ता गराएको समाजवादी मुगू सचिब पारसमणी मल्लले बताए। यता एमाले र जनता समाजवादी पार्टीले पनि सबै पदमा एकल उम्मेदवारी दिएका छन्।
जिल्लाका चारै स्थानीयतहहरुमा गठबन्धन गरेर जाने भनेका सत्तारुढ दलहरुबीच सहमति नभएपछि छाँयानाथ रारा नगरपालिकासहित खत्याड, सोरु र मुगूम कार्मारोङ गाउँपालिकामा कांग्रेस सबै पदमा एकल उम्मेदवारी दिएको छ। अरु दुई दल नेकपा माओवादी र एकीकृत समाजवादी गठबन्धन गरेर उम्मेदवारी दिने भएका छन्।
नेकपा एमालेले सबै स्थानीयतहमा एकल उम्मेदवारी दर्ता गराई सकेको नेकपा एमाले मुगुका सचिब डवल रोकायाले बताएका छन्।