गठबन्धनका साझा उम्मेदवारलाई शंका नगर्नुहोस् : देउवा

गठबन्धनका साझा उम्मेदवारलाई शंका नगर्नुहोस् : देउवा

पोखरा : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले  केपी ओलीको आतंक रोक्न गठबन्धन आवश्यक रहेको बताएका छन्।  देउवाले स्थानीय कांग्रेसका नेताहरुलाई गठबन्धनका साझा उम्मेदवरलाई जिताएर पठाए मात्र गठबन्धन कायम रहने जिकिर गरे।

'ओलीको आतंक अन्त्य गर्न पनि गठबन्धनका नेताहरुलाई जिताउनु आवश्यक छ । ओलीले हिजो जितेर गए । हिजोजस्तो फेरि पनि पार्लियामेन्टको पटकपटक भंग गर्न सक्छन्,'उनले भने,' हिजो पनि विरोध सहन नसेकेर संसद भंग गरे यसैको स्वरुप हामीले अदालतमा गएर 'पार्लियामेन्ट' फिर्ता गर्‍ यौं ।'

प्रजान्तन्त्रको खिलाफमा जिताउनलाई चुनाव हराउनुपर्ने उनको भनाइ छ। उनले राजनीतिक स्थायित्व बचाउनका लागि अहिलेका पार्टीहरु सबै ठाउँमा मिलेर जानुपर्ने धारणा व्यक्त गरे। देउवाले भने,' माधव नेपालको र प्रचण्डको पार्टीले एउटा महानगरमा चित्त बुझाएको छ । यसैले उहाँहरु भन्दा बढी लागेर कांग्रेसले गठबन्धनका उम्मेदवारलाई जिताउन आवश्यक छ । गठबन्धन सबैभन्दा बढी कांग्रेसका लागि आवश्यक छ । राष्ट्रिय आवश्यकतालाई लिएर चुनावमा लाग्नुपर्छ । '

कांग्रेसका लागि सबैभन्दा बढी गठबन्धन आवश्यक रहेको उनको भनाइ छ।  गठबन्धनकै कारणले प्रदेशदेखि संघमा सरकार बनेको भन्दै गठबन्धनका साझा उम्मेदवारलाई  शंका उपशंका नगर्न देउवाले कांग्रेस नेताहरुलाई अनुरोध गरे। उनले गठबन्धनका साझा उम्मेदवारलाई सहयोग नगर्ने नेताहरुलाई कारबाही हुने पनि बताए। 'गठबन्धनको उम्मेदवारलाई जिताउने कांग्रेसको कर्तव्य हो दायाँबायाँ गर्नेलाई कारबाही गर्छौं,'उनले भने।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.