पाल्पाको बगनासकाली गाउँपालिका अध्यक्ष बनिन् सरस्वती चिदी

पाल्पाको बगनासकाली गाउँपालिका अध्यक्ष बनिन् सरस्वती चिदी

तानसेन : पाल्पाले बगनासकाली गाउँपालिकाले महिला अध्यक्ष पाएको छ ।

सबैजसो स्थानमा प्रमुख पदमा पुरुषले कब्जा जमाइरहँदा पाल्पा बगनासकाली गाउँपालिकामा नेकपा एमालेकी उम्मदेवार सरस्वती चिदी पाल्पामै पहिलो पटक महिला प्रमुख भएकी हुन् ।

 नेकपा एमालेकी उम्मेदवार चिदीले नेपाली कांग्रेसकी सुनिता अधिकारीलाई पराजय गरी पाल्पाको पहिलो महिला अध्यक्ष बनेकी हुन् ।

 एमाले उम्मेदवार चिदीले ८ सय ३३ मत अन्तरले कांग्रेसकी अधिकारीलाई पराजित गरेकी हुन् । चिदीले ६ हजार ४ सय ६६ मत प्राप्त गरी विजय हाँसिल गरिन् भने नेपाली कांग्रेसकी अधिकारीले ५ हजार ६ सय ३३ मत प्राप्त गरिन्। 

चिदी २०७४ सालको स्थानीय तह निर्वाचनमा पालिकाको उपाध्यक्षमा विजयी भएकी थिइन् ।      

पालिकाको उपाध्यक्षमा नेकपा एमालेकै हरिप्रसाद पाठक विजयी भएका छन् । एमालेका पाठकले १ हजार ८५ मतले नेकपा एकीकृत समाजवादीका खिमानन्द पाण्डेयलाई पराजित गरे।

एमालेका पाठकले ५ हजार ८ सय ७३ मत प्राप्त गरी विजयी भए । एकीकृत समाजवादीका पाण्डेयले ४ हजार ७ सय ७८ मत प्राप्त गरे।

९ वटा वडा रहेको बगनासकालीमा ६ वटा वडामा नेकपा एमाले र ३ वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ । 

नेकपा एमालेले  वडा नम्बर २ बाट तिर्थप्रसाद भट्टराई, वडा नं. ३ बाट टिकाबहादुर थापा, वडा नं. ४ बाट जितबहादुर कनौजे, वडा नं. ५ बाट ओम प्रकाश गैरे, वडा नं. ७ बाट गण बहादुर बुढाथोकी र वडा नं. ८ बाट मोतिलाल बस्याल विजयी भएका छन् । 

नेपाली कांग्रेसबाट वडा नं. १ बाट शेरबहादुर चिदी, वडा नं. ६ बाट लक्ष्मीप्रसाद अधिकारी र वडा नं. ९ बाट थानेश्वर तिमिल्सिना विजयी भएका छन् । 

२०७४ सालको स्थानीयको निर्वाचनमा पालिका अध्यक्षसहित ५ वटा वडा जितेको कांग्रेसले २०७९ को निर्वाचनमा ३ वडामा खुम्चिएको छ । अघिल्लो निर्वाचनमा एमालेले उपाध्यक्षसहित ४ वटा वडा जितेकोमा २०७९ को निर्वाचनमा अध्यक्ष, उपाध्यक्ष सहित ६ वटा वडामा जित हाँसिल गरेको हो।

पाल्पामा सम्पन्न भएको ९ वटा पालिकाको मतपरिणाअनुसार एमाले अग्रस्थानमा रहेको छ । एमालेले ५ अध्यक्ष, ४ उपाध्य, कांग्रेसले २ प्रमुख, १ अध्यक्ष, १ उप प्रमुख, २ उपाध्यक्ष र नेकपा माओवादीले १ अध्यक्ष, १ उप प्रमुख, १ उपाध्यक्ष पदमा जित हाँसिल गरेको छ ।

८१ वडा रहेको पाल्पामा ७६ वडाको मतपरिणाम सार्वजनिक हुँदा एमाले ३८, कांग्रेस ३२, माओवादी केन्द्र ५ र जनमोर्चाले १ वटा वडामा जित हाँसिल गरेको छ।

 पाल्पामा पहिलो पटक प्रमुख पदमा विजयी भएकी बगनासकाली गाउँपालिकाकी नव निर्वाचित अध्यक्ष सरस्वती चिदी । तस्बिर : अन्नपूर्ण


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.