पोखरा मेयरमा धनराज आचार्यको अग्रता कायमै, उमपेयरमा कांग्रेसकी कोपिला रानाभाट ९ मतले पछाडि
पोखरा : पोखरा महानगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार धनराज आचार्यले अग्रता कायमै लिएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयको पछिल्लो अद्यावधिक विवरणअनुसार सत्तागठबन्धनबाट उम्मेदवारी दिएका एकीकृत समाजवादीका धनराज आचार्यले २१ हजार ८८० मत प्राप्त गरेका छन्।
५२ हजार ८१७ मत गणना हुँदा आचार्यले २१ हजार ८८० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
उनका प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण थापा दोस्रो स्थानमा छ। थापाले १९ हजार ३८८ मत प्राप्त गरेका छन्।
उपमेयरतर्फ भने एमालेकी मञ्जुदेवी गुरुङ अगाडि छन्। उनले २२ हजार १३१ मत प्राप्त गरेकी छन्।
गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटले २२ हजार १२२ मत प्राप्त गरेकी छन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)