नेपालीले स्थापना गरे लन्डनमा पहिलो बौद्ध गुम्बा

नेपालीले स्थापना गरे लन्डनमा पहिलो बौद्ध गुम्बा

लन्डन : नेपालीको पहलमा लन्डनमा पहिलो बौद्ध गुम्बा स्थापना भएको छ।

डायमन्ड बुद्धिष्ट सेन्टर यूकेद्वारा साउथ इष्ट लन्डनको वुल्लीचमा निर्माण गरिएको गुम्बा गतसाता उद्घाटन गरिएको छ।

सेन्टरका अध्यक्ष एवम् गुम्बाका संस्थापक सुमलकुमार गुरुङले करिब पाँच लाख पाउन्ड (आठ करोड रुपैया) को लागतमा गुम्बा स्थापनाको कार्य पूरा भएको जानकारी दिए।

पछिल्लो पाँच वर्षदेखि बेलायतस्थित नेपाली समुदायमा अभियान चलाएर गुम्बाको लागि आवश्यक कोष जुटाइएको उनले बताए।

विगतमा गिर्जाघर रहेको भवनलाई खरिद गरेर बौद्ध गुम्बामा परिणत गरिएको हो। जसका लागि नेपालबाट करोडौँको खर्चमा मूर्ति, सुनका प्लेट लगाइएका गजुर, चाँदीका सामग्रीसहित तीन टन सामग्री ल्याइएको सेन्टरले जनाएको छ।

गुम्बाका मूलगुरु एवम् तमु बौद्ध लामा धर्म समाजका संस्थापक अध्यक्ष खेम्पो गुरु शिर लामा (थुप्तेन एसे) गुरुङ, गुम्बा संस्थापक सुमलकुमार गुरुङ, ट्रस्टीहरु मोहन गुरुङ र दुर्गाकमल गुरुङले आइतबार गुम्बा उद्घाटन गरेका थिए। दुई दिनसम्म चलेको उद्घाटन कार्यक्रमको पहिलो दिन भूमि शुद्धिकरण, मूर्ति प्रतिस्थापनलगायतका कार्य गरिएको थियो।

संस्थापक गुरुङकाअनुसार गुम्बा हरेक दिन बिहान ८ बजेदेखि दिनभर खुला राखिनेछ। गुम्बामा बौद्ध परम्पराअनुसारका नियमित पूजा, प्रवचनदेखि विशेष तिथिहरुमा छुट्टै धार्मिक गतिविधिहरु पनि सञ्चालन हुनेछन्। जन्मदेखि मृत्युसम्मका हरेक संस्कारको लागि पनि गुम्बा खुला रहनेछ।

गुम्बाका मूलगुरु खेम्पो गुरु शिर लामा (थुप्तेन एसे) गुरुङ छन्। गुम्बा नियमित सञ्चालनका लागि नेपालबाट अन्य लामा गुरुहरु पनि ल्याइने योजना छ।

गुम्बा संस्थापक गुरुङले साउथ इष्ट लन्डन क्षेत्रमा बसोबास रहेका बौद्ध धर्मालम्बीहरुलाई आफ्नो धर्म अभ्यास गर्ने केन्द्रको रुपमा केही वर्षअघि नै गुम्बाको परिकल्पना गरिएको बताए। गुम्बामा ध्यानयोग, प्रवचन लगायतका गतिविधिहरु पनि नियमित सञ्चालन गर्दै जाने उनी बताउँछन्।

बेलायतमा धेरै नेपाली बसोबास रहेको अल्डरसट क्षेत्रमा केही वर्षअघिदेखि नै बीसीसी यूकेद्धारा स्थापित गुम्बा सञ्चालनमा रहे पनि लन्डनभित्र भने नेपालीले स्थापना गरेको यो नै पहिलो गुम्बा हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.