आफूलाई कुनै पनि उद्घाटन कार्यक्रममा नबोलाई दिन मेयर हमालको आग्रह

आफूलाई कुनै पनि उद्घाटन कार्यक्रममा नबोलाई दिन मेयर हमालको आग्रह

धनगढी : धनगढी उपमहानगरपालिकामा स्वतन्त्र पदमा मेयर जितेका गोपाल हमालले धनगढी उपमहानगरका लागि नयाँ युगको सुरुवात भएको बताएका छन्। स्वतन्त्र रुपमा उपमहानगरको मेयर जितेपछि पदभार ग्रहण गरेपछि पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन्।

‘मैले पहिलो निर्णय नै धनगढीको गुरुयोजना बनाउने गरेको छु, गुरुयोजनाका आधारमा पाँच वर्षको विकास प्राथमिकताका आधारमा हुन्छ,’ उनले भने, ‘धनगढीका लागि नयाँ युगको सुरुवात भयो भनेर बुझिदिन आग्रह गर्दछु।’ हमालले सत्ता गठबन्धनका नृपबहादुर ओडलाई पराजित गरी मेयर निर्वाचित भएका हुन्।

२०७४ सालको स्थानीय निर्वाचनमा ओडसँगै २७ सय ९७ मतले पराजित भएका हमालले ओडलाई १२ हजार ४८ मतको अन्तरले पराजित गरेका हुन्। हमालले २६ हजार ८६५ मत ल्याउँदा ओडले १४ हजार ८१७ मत ल्याएका थिए।

हमालले आम नगरबासी र पत्रकारहरुलाई कुनै पनि सूचना मागेकै दिने बताए। ‘नगरबासीको हरेक सूचना माग्ने अधिकार छ, अझ पत्रकारहरुका लागि सूचना अपरिहार्य हो, म नगरबासी वा पत्रकार जसलाई पनि तुरुन्त सूचना दिने ब्यवस्था गर्छु। ७ दिन र १५ दिन कुराउँदिन,’ उनले भने।

यस्तै उपमेयर कन्दकला रानाले पनि पदभार ग्रहण गरेकी छन्। पदभार ग्रहण गर्दै रानाले, आफूले महिला बालबालिका, जेष्ठ नागरिकको सेवा सुविधाका लागि बढी जोड दिने बताइन्। उनले, आफू चुनाव एमालेबाट जितेपछि अब पाँच वर्षका लागि सबै नगरबासीको उपमेयर भएकाले जनताको सेवामा लाग्ने बताइन्।

राना पनि सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रकी शान्ति अधिकारी क्षेत्रीलाई पराजित गर्दै मेयरमा जितेकी हुन्। रानाले १५ हजार ४९७ मत ल्याएर विजयी हुँदा अधिकारी क्षेत्रीले १२ हजार ६७० मत प्राप्त गरेकी थिइन्।

हमालले उपमेयर कन्दकला राना र वडाध्यक्ष तथा सदस्यहरुलाई सपथ खुवाएका थि । हमालले भने विहान ११:१५ बजेको शुभ मुहुर्तमा पदभार ग्रहण गरेका हुन्। मेयरको कार्यकक्षमा पूजाआजा र स्वस्ती बाचनसहित उनले कार्यभार सम्हालेका थिए। हमालले नगरबासीलाई कुनै पनि उद्घाटनमा आफूलाई नबोलाई दिन पनि आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.