५० द्रष्टा सम्मानित, ५० अगुवा घोषित

५० द्रष्टा सम्मानित, ५० अगुवा घोषित

काठमाडौं : अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गत अन्नपूर्ण एक्सप्रेसले देशका ५० द्रष्टा (भिजिनरी) लाई विशेष सम्मान गरेको छ। सोमबार राजधानीमा आयोजना गरेको विशेष समारोहमा नेटवर्कले विभिन्न क्षेत्रका ५० अगुवा (पायोनियर) को घोषणासमेत गर्‍यो। त्यस क्रममा ५० द्रष्टाका नेपालप्रतिका दृष्टिकोण समेटिएको पुस्तक ‘माई भिजन फर नेपाल’ सार्वजनिक पनि गरिएको छ। अंग्रेजी साप्ताहिक अन्नपूर्ण एक्सप्रेसका हरेक अंकमा ती सामग्री एक वर्षसम्म प्रकाशन भएका थिए। 

‘नेपाल खत्तम छ। यहाँ के बस्नु ?’ यस्तो किसिमको सोचले ग्रस्त भएको अवस्थामा अन्नपूर्ण मिडिया नेटवर्कले विविध क्षेत्रका नेतृत्वदायी व्यक्तित्वहरूलाई खोजेर सम्मान गर्नु प्रशंसनीय कार्य रहेको पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले कार्यक्रममा बताए। असल नेतृत्वको खोजी गर्ने कामको थालनी भएको उनले उल्लेख गरे। ‘हामी केही होइन। अनर्थ छौं। व्यर्थ छौं भन्ने लाग्छ। यस्तो सामाजिक मनोविज्ञानले घर गरिरहेको परिस्थितिमा यहाँहरूले सिर्जनात्मक र व्यवस्थापक कौसल भर्ने काम गर्नुभएको छ,’ पूर्वप्रधानन्यायाधीश श्रेष्ठले थपे। 

‘घरभित्रको आफ्नो महत्त्वको पहिचान गर्न नसकेर हामी भड्किरहेका छौं,’ उनी भन्छन्, ‘यसको खोजबिन गर्ने कार्य अन्नपूर्ण नेटवर्कले गर्‍यो।’ साहित्य, कला, वाणिज्य, बैंकिङलगायत क्षेत्रमा देशप्रेमी नेपालीहरूले आफ्नो ठाउँबाट नेतृत्व प्रदान गरिरहेकोमा उनले खुसी व्यक्त गरे। राजनीतिक क्षेत्रले जस्तो नेतृत्व प्रदान गर्नुपर्ने थियो तर त्यो गर्न नसकेकोमा उनको गुनासो थियो। 

कार्यक्रममा बोल्दै माइती नेपालकी अध्यक्ष तथा पूर्वप्रदेश प्रमुख अनुराधा कोइरालाले बालबालिका तथा महिलाको बेचबिखन र तस्करी रोक्न सबै सरोकारवाला गम्भीर भएर लाग्नुपर्ने बताइन्। भनिन्, ‘मानव बेचबिखन तथा तस्करी एक दिन अवश्य अन्त्य हुनेछ। म वचन दिन्छु, हाम्रो समाज बालबालिका तथा महिलामैत्री बन्ने छ।’ सबै द्रष्टाको तर्फबाट बोल्दै उनले थपिन्, ‘अन्नपूर्ण टिमले हामीले जे–जे भिजन देखेका छौं। त्यो खोजेर बाहिर ल्याइदिनुभयो। उहाँहरूले गरेको विश्वासलाई हामीले पूरा गर्नुपर्छ।’ अर्का वक्ता कृषिविज्ञ मदन राईले कृषि उत्पादन बढाउन तथा स्वस्थ रहनका लागि हलिगोठालो बन्नुपर्ने बताए।

कार्यक्रमलाई सम्बोधन गर्दै अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले अन्नपूर्ण मिडिया नेटवर्कले देशमा उठेका हरेक समस्याहरूको निकास खोज्न पहल गर्दै आएको बताए। राष्ट्रिय निर्माणमा योग्दान पुर्‍याउने व्यक्तित्वको खोजी गर्दै समाजमा स्थापित गर्न नेटवर्क लागि परेको उनको भनाइ थियो।  

‘राष्ट्र निर्माणमा योगदान गर्नेहरूको न कहीँ मूल्यांकन हुन्छ, न कहीँ चर्चा, त्यसैले हामी जिम्मेवार संस्था बनेका हौं। नेपालका भिजेनरी तथा पायोनियरको खोजीको अभियान सुरु गरेका हौं,’ उनले भने, हामीले धेरै मेहनत र अनुसन्धान गरेर ४ सय मध्येबाट ५० जनालाई भिजेनरीको रूपमा र ५० जनालाई पायोनियरको रूपमा छनौट गरेका छौं।’
अन्नपूर्ण मिडिया नेटवर्क राष्ट्रिय अखण्डता र राष्ट्रियताप्रति कटिबद्ध रहेको क्याप्टेन थापाको भनाइ थियो। ‘प्राकृतिक तथा भावनात्मक रूपमा हामी धेरै धनी छौं। तर, बाध्यात्मक अवस्थाले फेरि पनि गरिब छौं। विश्वका अन्य देशका नागरिकको जीवन स्तरभन्दा तल हामी बाँचिरहेका छौं’, उनले भने। हजारौं नागरिकहरूको बलिदानपछि देशमा नयाँ व्यवस्था आए पनि नागरिकहरू सजिलै बाँच्न सक्ने अवस्थाको सिर्जना नहुनु दुःखद् रहेको उनको भनाइ थियो।  

‘दिनहुँ हजारौं युवालाई जहाज चढाएर ४०–४२ डिग्रीको तातो घाममा बेल्चा चलाउन खाडीमुलुकमा पठाइरहेका छौं। हामीले चाहेको यस्तै राजनीति हो ?’, उनले प्रश्न गर्दै भने, ‘देशलाई राजनीतिले सिध्याएको छ।’ साहसी, मेहनती र इमान्दार नेपालीहरूले देशलाई माया गरेर बचाइरहेको उनले उल्लेख गरे। कार्यक्रममा अन्नपूर्ण मिडिया नेटवर्कका सीईओ सनत न्यौपानेले आफूहरू मिडियामा नयाँ प्रयोग गरिरहेको बताए। धेरै अनुसन्धान, सिफारिस र सम्पादकीय टिमको छलफलबाट भिजनेरी र पायोनियर व्यक्तित्वहरूको छनोट गरेको कार्यक्रममा जानकारी गराए। 

नेटवर्कका निर्देशक सचन थापाले आउँदा दिनमा द अन्नपूर्ण एक्सपे्रसलाई अझै खोजमूलक तथा नयाँ डिजाइनमा पाठक सामु पुर्‍याउने विश्वास दिलाए। ‘द अन्नपूर्ण एक्सपे्रसले समाज रूपान्तरणको अभियान निरन्तर अघि बढाइरहेको छ,’ कार्यक्रममा एक्सपे्रसका प्रधान सम्पादक विश्वास बरालले भने। समाजमा राम्रो काम गर्ने व्यक्तित्वहरूको खोजी गरेर प्रेरणा प्रदान गरिरहेको उनले बताए।  

अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गत अन्नपूर्ण एक्सप्रेसले देशका ५० द्रष्टा (भिजनरी) लाई विशेष सम्मान गरेको छ। नेटवर्कले सोमबार राजधानीमा आयोजना गरेको विशेष समारोहमा विभिन्न क्षेत्रका ५० अगुवा (पायोनियर) को घोषणासमेत गरिएको छ। 

सम्मानित ५० द्रष्टाहरू– 

आयुषी केसी, अभया सुब्बा, अमर न्यौपाने, अम्बिका श्रेष्ठ, अनिल केशरी शाह, अनुराधा कोइराला, विमला बिक,बिपिन अधिकारी, वीरेन्द्रबहादुर बस्नेत, विश्व पौडेल, बोनिता शर्मा, क्या. रामेश्वर थापा, सिके लाल, डा. अनुप बास्तोला, डा. भगवान कोइराला, डा. ल्हामो याङचेन शेर्पा, डा. सन्दुक रुइत, ग्रेटा राणा, हरि शर्मा, हिमा विष्ट, जगन्नाथ लामिछाने, जुजुकाजी महर्जन, खगेन्द्र लामिछाने, मीनबहादुर भाम, मिरा राई, मोेहना अन्सारी, निखिल उप्रेती, निकिता आचार्य, निलम पौडेल, निश्चल बस्नेत, निश्चलनाथ पाण्डे, ओन्सरी घर्तीमगर, प्रदीप परियार, प्रमोद ढकाल, रामशरण महत, रोजाकिरण बासुकला, रुबिना क्षेत्री, साबित्रा भण्डारी, समा थापा, सम्पदा मल्ल, शान्ता नेपाली, श्रृंखला खतिवडा, शिक्षित भट्ट, सुजिव शाक्य, सुष्मा राजभण्डारी, स्वामी आनन्द अरुण, टिष्टा प्रसाईं जोशी र विजय लामा ।

घोषित ५० अगुवाहरू– 

अनुपमा खुञ्जेली, अनुराधा कोइराला, अशेष मल्ल, बाबुराम भट्टराई, बैकुण्ठ मानन्धर, बालकृष्ण जोशी, बसन्तराज मिश्र, भैरव रिसाल, भरत पोखरेल, भिन्दा स्वारी शाह, भुवन चन्द, विनोद चौधरी, डा. विष्णुमाया परियार, बुद्ध नारायण श्रेष्ठ, क्या. सिद्धार्थ गुरुङ, देवेन्द्रराज पाण्डे, डा. भगवान कोइराला, डा. कुमुद धिताल, डा. रामकण्ठ माकजु, डा. सन्दुक रुइत, दुर्गा बराल, गगन प्रधान, घनश्याम गुरुङ, ह्यारी भण्डारी, हिमालयशमशेर जबरा, झमक घिमिरे, कान्छा शेर्पा, किरण मानन्धर, कुलमान घिसिङ, मदन राई, महावीर पुन, महेश आचार्य, मल्लिका शाक्य, मन्जुश्री थापा, मीनबहादुर गुरुङ, मुकेश चालिसे, नीर शाह, पवन गोल्यान, रविन्द्र पुरी, रामदयाल राकेश, रामकुमार पाण्डे, रमेश शेर्पा, आरपी प्रधान, श्याम गोयन्का, सुरेशराज शर्मा, तुल्सी घिमिरे, उदयराज खनाल, उपेन्द्र महतो, उषा नेपाल र उत्तम सञ्जेल छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.