रारा छाँयानाथ नगरपालिकाका मेयरले सरकारी सेवा सुविधा नलिने घोषण
मुगु : छाँयानाथ रारा नगरपालिकाका नवनिर्वाचित मेयरले आफ्नो पाँच वर्षे कार्यकाल अवधीभर राज्यबाट प्राप्त हुने आर्थिक सेवा सुविधा नलिने घोषणा गरेका छन्। मंगलबार गमगढी बजारको कृष्णा चौकमा पत्रकार सम्मेलन गरी आफ्नो सम्पति बिवरण सार्वजनीक गरेका मेयर भामले आफ्नो पाँच वर्षे कार्यकालमा राज्यबाट प्राप्त हुने आर्थिक सेवा सुविधा नलिने घोषण गरेका हुन्।
आफ्नो सम्पति सार्वजनिक कार्यक्रममा भामले भगौलिक विकटताका कारण नगरपालिकाको १४ वटै वडामा पुग्नु पर्ने भएकाले नगरपालिकाको गाडी भने प्रयोग गर्ने बताएका छन्। मेयर भामले नगरपालिकाको निमार्णधिन भवन सम्पन्न नहुन्जेल सरकारी निवास प्रयोग नगरी आफ्नो निजि निवास प्रयोग गर्ने बताए। उनले मासिक ३५ हजार तिरेर भाडाको घरमा न बस्ने प्रतिबद्धता गरेका छन्। यस्तै आफ्नो घरमा बस्दा नगरपालिकाबाट आफ्नो निवासमा एक थान टेलिभिजन राख्ने र एक थान मोबाईल र त्यसलाई प्रायोग हुने रिर्चाजबाहेक अन्य कुनैपनि आर्थिक लाभ नलिने उपस्थित पत्रकार तथा सर्वसाधरणलाई प्रतिबद्धता गरेका छन्।
पाँच वर्षे कार्यकालमा प्राप्त हुने ५२ लाख र अन्य रकम जम्मा गरेर नगरपालिका भित्रका १४ वडाकालागि १० वटा एम्बुलेन्स खरिद गर्ने बताएका छन्। पाँच वर्ष छाँयानाथ रारा नगरपालिका—४ को वडाध्यक्ष हुदा उनले पाँच वर्षको सेवा सुविधाको रकमले १४ वडा दलित बस्तिमा खाद्यन्न र विद्यार्थीकालागि स्टेसनरी र सार्वजनिक शौचालयमा खर्च गरेका थिए।